मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई १ करोड बिनियोजित

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई १ करोड बिनियोजित


अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई एक करोड बजेट विनियोजन गरेको छ।

शुक्रबार बसेको नगरसभाले अस्पताललाई एक करोड बजेट बिनियोजन गरेको हो । नगर सभामा नगर उपप्रमुख शिब बहादुर कुवँरले अस्पतालका लागि १ करोड रकम बिनियोजित गरेको उद्घोष गरे ।

बिगत १ दशक भन्दा बढी देखि यस क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिईरहेको अस्पतालमा पछिल्लो समय आर्थिक समस्या देखिएको भन्दै अस्पताललाई प्राथमिक्तामा राखिएको छ ।

बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगततर्फ साढे चार करोड बजेट बिनियोजन गरेको छ। बयालपाटा अस्पताल सञ्चालनका लागि कुल बजेट २० करोड रकम आवश्यक रहेकोमा प्रदेश सरकारले संचालन तर्फ नभई पूजीगत तर्फ मात्रै साढे चार करोड बजेट बिनियोजित गरेको थियो ।

अस्पताल संचालनका लागि यसको व्यावस्थापन गरिरहेको न्याय हेल्थ नेपालले ५ करोड बजेट दातृ निकायबाट व्यावस्थापन गर्ने जनाएको छ । अस्पतालका लागि अझै १० करोड रकम अपुग देखिएको अस्पतालले जनाएको छ।

नगरपालिकाले स्वास्थ बिमालाई प्रभावकारीरुपमा कार्यान्वय गर्ने, सुरक्षित गर्भपतन सेवा बिस्तार गर्ने, दुर्गमका वडाहरुमा एकीकृत स्वास्थ्य शिविर, प्रसुती गृह सञ्चालन, पोषण विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

साँफेबगर नगरपालिकाले यसपटक कृषी र स्वास्थ्यलाई पहिलो प्राथमिक्तामा राखेको छ ।