मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनको अवसरमा बिरामीलाई फलफलु वितरण र अस्पताललाई आर्थिक सहयोग

जन्मदिनको अवसरमा बिरामीलाई फलफलु वितरण र अस्पताललाई आर्थिक सहयोग


अछाम । एचआरएस कन्सल्टेन्सी साँफेबगरका निर्देशक हेमराज रावलले आफ्नो जन्म दिनको अवसरमा न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

अछाम जिल्लाको मंगलसैन नगरपालिका वडा नं. ९ घर भएका उनले आफ्नो जन्म दिनको अवसरमा अस्पताललाई १० हजार आर्थिक सहयोग गरेका हुन् । रावलले सो १० हजारको चेक अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकलाई हस्तान्त्ररण गरे ।

यस्तै सोही अवसरमा निर्देशक रावलले अस्पतालको आकस्मिक र अन्तरंग बिभागमा भर्ना भएका ५० बढी बिरामीलाई फलफलु समेत वितरण गरेका छन् । भर्ना भएका बिरामीलाई बिरामी हुदाँको अवस्थामा केही सहज र खुशी मिलोस भन्दै फलफलु बितरण गरेको उनले बताए ।

जन्म दिनमा फजुल खर्च गुर्नभन्दा सामाजिक कार्य गर्नु राम्रो भएको भन्दै रावलले आफुले अस्पताललाई सक्दो सहयोग र बिरामीलाई फलफलु बितरण गरेको बताए । अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले अस्पताललाई आर्थिक सहयोग र बिरामीलाई फलफुल बितरण गरेकोमा धन्यवाद दिएका थिए ।

रावलले यसअघि पनि आफ्नो जन्म दिनमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण लगायतका सामाजिक कार्य गर्दै आईरहेका छन् । अछाम जिल्लामा पछिल्लो समय जन्म दिनलाई सामाजिक कार्यमा प्रयोग गर्दै उत्सव मनाउने कार्यको थालनी भएको छ । जिल्लाका खासगरी युवाहरुले जन्म दिनलाई सकरात्मक तथा सामाजिक कार्यमा लगाउन थालेका छन् ।