मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ४० हजार बढी बालबालिकालाई कोभिड बिरुद्धको खोप लगाउन सुरु

अछामका ४० हजार बढी बालबालिकालाई कोभिड बिरुद्धको खोप लगाउन सुरु


अछाम । अछामका ४० हजार बढी बालबालिकालाई कोभिड १९ बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । ५ बर्षदेखि ११ बर्षभित्रका ४० हजार बढी बालबालिकालाई कोभिड १९ बिरुद्धको खोप लगाउन शुरु गरिएको हो ।

नियमित खोपका कार्यक्रमहरु प्रभावित नहुने गरि कालबालिकालाई कोभिड १९ रोग विरुद्धको खोप अभियान संचालन भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

सरकारले कोभिड – १९ विरुद्ध खोप अन्तर्गत फाईजर – बायोएनटेक अभियान अन्तर्गत पहिलो मात्रा भाद्र ५ देखि ११ सम्म र दोस्रो मात्रा भाद्र २७ देखि आश्विन १ गतेसम्म संचालन गर्ने र सोही अनुसार अछाममा पनि अभियान शुरु भएको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानाले जानकारी दिए ।

जिल्लाका ५सय ३४ खोपकेन्द्रमा विद्यालय बाहिर रहेका ५ सय २१ र विद्यालयमा अध्ययनरत ३९ हजार ९ सय गरि ४० हजार ४ सय २१ बालबालिकालाई खोप दिईने उनले बताए ।

अछामका ९ पालिकामा भाद्र ५ गतेबाट र बाँकी रहेको कमलबजार नगरपालिकामा भाद्र ९ गते बाट खोप अभियान सञ्चालन हुने बताईएको छ । सोही अन्र्तगत मेल्लेख गाँउपालिकामा संचालन भईरहेको खोप अभियानको अनुगमन समेत गरिएको छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाको नेतृत्वमा गएको एक टोलीले खोपको अनुगमन गरेको हो ।