मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य कार्यालयले प्रदान गरेको ब्रेथएनालाईज प्रयोगमा आयो

स्वास्थ्य कार्यालयले प्रदान गरेको ब्रेथएनालाईज प्रयोगमा आयो


अछाम ः स्वास्थ्य कार्यालय अछामले जिल्ला अस्पताल अछाम र जिल्ला ट्राफिक कार्यालय अछामलाई एकएक थान ब्रेथएनालाईज सहयोग गरेको छ । अस्पताल र ट्राफिक प्रहरीलाई सहजता होस् भने ब्रेथएनालाईज सहयोग गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

मदिरा सेवन गरे नगरेको चेकजाँच गर्न सहजता प्रदान गर्न तत्काल प्रिन्ट गर्न मिल्ने गुणस्तरीय ब्रेथएनालाईज सहयोग गरिएको उनले बताए ।

मदिरा सेवन गरेर सवारी साधन चलाउदा दुर्घटना हुने र जोखिम बढ्ने भएकाले यस्तो गुणस्तरीय ब्रेथएनालाईज ट्राफिक प्रहरीलाई प्रदान गर्दा यस्ता कार्यमा कमी आउने बिश्वास गरिएको छ ।

यस्तै अस्पतालहरुमा समेत मदिरा सेवन गरी बिभिन्न खाले झगडा तथा घट्ना हुदाँ त्यसको समेत सत्य तथ्य छानविन गनृ समेत यसले सहजता प्रदान गर्ने भएको हो ।

स्वास्थ्य कार्यालयले प्रदान गरेको गुणस्तरीय ब्रेथएनालाईज प्रयोगमा समेत आएको छ । ट्राफिक प्रहरीले मापसे सेवन गरी सवारी चलाए नचलाएको जानकारी लिन यसको प्रयोग सुरु गरेको छ ।