मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला परियाेजना सल्लाहाकार समितिकाे बैठक तथा फिल्ड अनुगमन सम्पन्न

जिल्ला परियाेजना सल्लाहाकार समितिकाे बैठक तथा फिल्ड अनुगमन सम्पन्न


संघसंस्थालाई दुर्गममा समेत काम गर्न सरोकारवालाको सुझाब

अछाम : वल्र्डभिजन इन्टरनेश्नल नेपाल, आस्था नेपाल र वाक नेपालले संचालन गरेका परिरयोजना अन्र्तगत भएका क्रियाकलापहरुको अनुगमन गरिएको छ । जिल्ला परियोजना सल्लाकार समिति तथा सरोकारवालाहरुले परियोजना लागु भएका अछामका बिभिन्न पालिकाहरुमा अनुगमन गरिएको हो ।

जिल्लाको साफेवगर नगरपािलका, मेल्लेख गापालिका, पञ्चदेवल बिनायक नगरपालिका र कमलवजार नगरपािलकामा संस्थाले गरेका कियाकलापहरुको अनुगमन गरिएको आस्था नेपालका अनुगमन अधिकृत हर्क खड्काले बताए । ति पालिकामा संचालित बाल स्पाेन्सरसिप तथा बालसंरक्षण र उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजनाको कार्यक्षेत्रमा भए गरेका कियाकलापहरूकाे फिल्ड अनुगमन गरिएको थियो।

साँफेबगरमा भण्डारी गाँउ, मेल्लेखमा वडा नं. ७ नन्देगडा, कमलबजार नगरपालिकाको वडा नं. ४ चाल्सा र बिनायकमा अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा देखिएका राम्रा कामहरुको प्रशंसा गरिएको थियो । साथै अनुगमनमा सहभागी सरोकारवालाहरुले आगामी दिनमा पनि स्थानीय सरकार संग समन्वय गरेर जानु पर्ने बताएका थिए ।

अनुगमन पश्चात जिल्ला परियोजना सल्लाहाकार समितिको बैठकमा फिल्ड अनुगमनको समिक्षा गरिएको थियो । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवरले आस्था नेपाल, वाक नेपाल र वल्डभिजनले कार्य क्षेत्र विस्तार गरी गरिब परिवारको हितमा काम गर्न आग्रह गरे । आगामी दिनमा साफेवगर नगर संघ संस्था संग मिलेर काम गर्न पछि नहट्ने बताए ।

अछामका सहायक प्रमुख जिल्ला अधिकारी मनिराज आचार्यले स्थानीय सकारले संघ संस्थाको कामको अपन्वत्य नलिएको बताए । समिक्षाको क्रममा संघ संस्थाले गरेको कामको मुल्याकन गदै आगामी दिनमा आवश्यक सहयोग गर्ने साफेवगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुवँरले बताए ।

मेललेख गाँउपालिका उपाध्यक्ष नृप बहादुर खडकाले संस्थाले गरेका कामको प्रशंसा गरेका थिए भने आगामी दिनमा समेत निरन्तरताको आवश्यक्ता औल्याएका थिए । नेपाल प्रेस यूनियनका केन्द्रिय सचिव मेनका ढुगानाले संघसंस्थाहरु दुर्गम ठाँउमा नभई सदरमुकाम र आसपासमा मात्रै कार्यक्रम गर्ने गरेको भन्दै आगामी दिनमा जिल्लाका दुर्गम भेगमा कार्यक्रम संचालन गर्न सुझाब दिईन् ।

जिल्ला परियोजना सल्लाहाकार समितिको बैठकलाई समापन गर्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले संघसंस्थाले गरेको कामलार्इ धन्यवाद दिदैँ आगामी दिनमा दुर दराजमा समेत काम गर्न सुझाब दिए ।