मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

साँफेबगर नगरपालिकाले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने


अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले जनताको घरदैलोमै पुगरे सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले जनताको घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए ।

यसअघि बैकिंग प्रणाली मार्फत भत्ता बितरण भईरहेकोमा भौगोलिक बिकटताका कारण सड्क नपुेगका वडाका नागरिकलाई बैँक सम्म आउन कठिनाई भईरहेको कुरालाई मध्यनगर गर्दै घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रमुख कुवँरले बताए ।

ति वडाका असाहय, अशक्त, जेष्ठ नागरिकहरुलाई सहज होस् भनेर आफुले घरमै गएर वितरण गर्ने चुनावको बेला घोषणा गरेको प्रतिबद्धतालाई पुरा गरेको उनको भनाई छ । त्यस्ता लाभग्राहीहरुको विवरण संकलन गर्न वडा कार्यालयलाई खबर गरिएको छ ।

तत्पश्चात सुरक्षाकर्मी कैँकका कर्मचारीहरु सहित जनप्रतिनिधीको टोलीले घरघरमा भत्ता वितरण गर्ने उनले बताए । ५ बर्ष मुनिका बालबालिकाको हकमा भने ६ महिनाको अन्तरालमा भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।