मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम क्षेत्र नं. २ मा सत्ता गठबन्धनको घरदैलो अभियान कालागाँउ बाट सुरु

अछाम क्षेत्र नं. २ मा सत्ता गठबन्धनको घरदैलो अभियान कालागाँउ बाट सुरु


अछाम । प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्र्तगत सत्ता गठबन्धन दलले घरदैलो अभियान सुरु गरेका छन् ।

अछाम क्षेत्र नं. २ मा गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेद्धार पुष्प बहादुर शाह सहितको नेतृतवमा घरदैलो अभियान सुरु भएको हो ।

गठबन्धनले क्षेत्र नं. २ को प्रदेश सभा ख को कालागाँउबाट घरदैलो अभियान सुरु गरेको छ । घरदैलो अभियानमा प्रदेश सभा ख का उम्मेद्धार मान बहादुर रावल, प्रदेश सभाका समानुपातिक उम्मेद्धार केशरी रेग्मी लगायतको सहभागीता रहेको छ ।

घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्यका उम्मेद्धार पुष्प बहादुर शहले अछामको विकास र समृद्धीका लागि यसपटक गठबन्धनका उम्मेद्धारलाई जिताउने पर्ने बताएका थिए ।

शिक्षा, स्वास्थ्य, स्वरोजगार, सड्क लगायतका कामलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्ने प्रतिबद्धता सहित उनले भोट मागेका थिए ।

यस्तै कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेद्धार मान बहादुर रावलले आफुले ३ दशक बढी राष्ट र जनताको सेवा गरेको स्मरण गर्दै अब एक पटक अछामी जनताको सेवा र यस क्षेत्रको विकासका लागि क्रियाशिल हुने बताएका छन् ।

उनले भने मैले देश र जनताका लागि पनि काम गरे यहाँहरुलाई थाह नै छ अब यस क्षेत्रका जनताको खुशी र जिल्लाको समृद्धीका लागि काम गर्नेछु ।

कार्यक्रममा समानुपातिक उम्मेद्धार केशरी रेग्मीले गवबन्धन राष्टको आवश्यक्ता भएको भन्दै अछामको सबै क्षेत्रको विकास र जनतालाई आत्मानिर्भर बनाउनका लागि गठबन्धनका उम्मेद्धारलाई बिजयी गराउनु पर्ने बताईन् ।

यस्तै अर्का समानुपातिक उम्मेद्धार मोतीकला चलाउनेले महिला, बालबालिका, बृद्ध, युवा सबैलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्ने प्रतिबद्धता जनाईन् ।