मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा दलहरुका प्रचार प्रसारका कार्यक्रम अन्तिम चरणमा

अछाममा दलहरुका प्रचार प्रसारका कार्यक्रम अन्तिम चरणमा


अछाम : प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मिती नजिकिदैँ गएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरु अन्तिम चरणका कार्यक्रमहरुमा व्यस्त रहेका छन् । घरदैलो भेटघाट र चुनावी आम सभालाई दलहरुले तिव्रता दिएका छन् ।

अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन दल र नेकपा एमालेका उम्मेद्धारहरुले प्रचार प्रसारलाई अन्तिम चरणमा पुर्याएका छन् ।

जिल्लाका दुबै निर्वाचन क्षेत्रमा गठबन्धन र एमाले बिच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ भने क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेद्धारका कारण त्रिपक्षिय प्रतिष्पर्धा हुने सम्भावना छ ।

निर्वाचन आयोगको आचारसहिंता अनुसार चुनावको ४८ घण्टा बाँकी रहेपछि भने प्रचार प्रसार गर्न पाईदैन् ।