मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन् २०२२ का सबैभन्दा आकर्षक १४ तस्बिरहरु 

सन् २०२२ का सबैभन्दा आकर्षक १४ तस्बिरहरु 


बीबीसी । एउटा भनाइ छ– तस्बिर आफैँ बोल्छ । अक्षरलाई तस्बिरसँग तुलना गर्ने अर्को भनाइ पनि छ, हजार शब्दले बोल्न नसक्ने कुरा एउटै तस्बिरले बयान गर्न सक्छ । 

सन् २०२२ को समापन हुनै लाग्दा बेलायती समाचार संस्था बीबीसीले यस वर्षको तस्बिर अर्थात् सबैभन्दा आकर्षक फोटोहरु मध्ये १४ वटा रोचक तस्बिरहरुको फिचर गरेको छ । तिनै तस्बिरहरुबारे तल चर्चा गरिएको छ । 

आन्दोलनमा छाता ओडेर बसेको मानिस
एकजना मानिस चम्किलो घामबाट बच्न पहेँलो र निलो रङको बुट्टेदार छाता ओडेर कुर्सीमा बसिरहेका छन् । तर ती व्यक्तिको केही फिट टाढा जलेको टायरबाट विनाशकारी कालो धुवाँको मुस्लो निस्किरहेको देखिन्छ । उनको दायाँ बायाँ टायर जलिरहेको छ, राजमार्गमा छरपष्ट देखिन्छ । 

11673234231.JPG

तर, उनी वास्तवमै आरामले बसेको देखिन्छ । यो दृश्य हो बोलिभियाको सिमानामा रहेको उत्तरी चिलीको सहर, तेल प्रशोधन क्षेत्र नजिक । जहाँ अवैध आप्रवासनविरुद्ध आन्दोलन गर्ने समूहहरूले विरोध प्रदर्शनको आयोजना गरेका थिए । त्यहाँ उनी अकल्पनीय शान्तिको प्रतीक भएर बसेका थिए । 

उनको आरामदायी मुद्राको असंगति (रमणीय समुुन्द्री तट, चम्किलो समुद्र, काव्यात्मक खजुरको रुख, जुन छातामा पनि उतारिएको छ) र उनको वरिपरि व्याप्त अराजकताले २०औँ शताब्दीको अतियर्थाथवादी चित्रहरुको याद दिलाउँछ । 
जस्तो कलाकार साल्भाडोर डालीको छातासँग सिलाई मेसिन (१९४१) पेन्टिङ– जसले प्रस्ट रूपमा हानिरहित देखिने वस्तुलाई अर्थहीन रूपमा विपत्तिको रूपमा चित्रण गरेको छ । 

२२ वर्षिया महसा अमिनीको १६ सेप्टेम्बरमा प्रहरी हिरासतमा रहस्यमय मृत्युु भयो ।  उनको मृत्यको तीन दिनपछि सुरु भएको विरोध प्रदर्शन इरानमा अझै जारी छ । 

हिजाब राम्ररी नलगाएको भन्दै त्यहाँको नैतिकता प्रहरीले अमिनीलाई गिरफ्तार गरेको थियो । अहिले सरकारले हिजाब कानुनलाई नै परिमार्जन गर्न बाध्य भएको छ । यो दोस्रो तस्बिर इरानको यसै घटनासँग सम्बन्धित छ । 

21673234258.JPG

तस्बिरमा टर्कीमा बस्ने एक इरानी महिला नासिबे सामसेईले इस्तानबुलस्थित इरानी वाणिज्य दूतावास बाहिर एकता र अवज्ञाको प्रदर्शनको रूपमा आफ्नै बाँधेको कपाल काटेको देख्न सकिन्छ । 

यो संसारमा आफ्नो भौतिक उपस्थितिको नियन्त्रण गर्ने उदेश्यको विरुद्धमा आफ्नै कपाल काट्ने कार्य सदाबहार शक्तिशाली कदम भएको छ । 

सन् १९४० मा मेक्सिकन भित्तेचित्रकार डिएगो रिवेरासँग सम्बन्धविच्छेदको एक महिनापछि कलाकार फ्रिडा काहलोले यस्तै गरेकी थिइन् । 

उनले आफ्नै कपाल काटेर ‘सेल्फ–पोर्ट्रेट विथ क्रप्ड हेयर’ चित्रको सिर्जना गरेकी थिइन् । सो पेन्टिङमा हातमा कैंची, छरपस्ट काटिएका कपाल र सुट पाइन्ट लगाएर कुुर्सीमा बसेको देख्न सकिन्छ । 

जुलाई २०२२ मा नासाले नजिकैको क्यारिना नेबुलाको एक युवा तारा–निर्माण क्षेत्रको लोभलाग्दो तस्बिरहरु सार्वजनिक गरेको थियो । 

एजेन्सीको नयाँ जेम्स वेब स्पेस टेलिस्कोपद्वारा खिचिएको पहाड र उपत्यकाको आकारसँग मिल्दोजुल्दो छविले हामीलाई ताराको निर्माण भएको पहिले नदेखिएका क्षेत्रहरू पहिलो पटक हेर्ने मौका मिलेको थियो । 

31673234258.JPG

सांसारिक परिदृश्यहरूको भाषा प्रयोग गरेर खगोल दृश्यको व्याख्या गर्ने हाम्रो जन्मजात क्षमता नयाँ होइन, यो प्रवृत्ति १५औं शताब्दीको एजटेक ब्रह्मान्ड नक्साको स्थलीय रूपरेखामा देख्न सकिन्छ । त्यसमा छालाको रेखाचित्रले आकाशीय नक्साको केन्द्रमा अग्नि देवता राखेको छ । 

चारै दिशामा ब्रह्मान्डका रूखहरूले घेरिएको छ । मानौं स्वर्ग हाम्रो लागि घुम्न र अन्वेषण गर्नको लागि पर्खिरहेको अलौकिक समरुपता नखोजिएको जंगल हो । 

गर्मी महिनामा अमेरिकाको क्यालिफोर्नियामा जंगलमा लागेको डढेलो कसले बिर्सन सक्छ र ?  जुलाईको अन्त्यसम्म करिब तीन हप्ता राज्यको मारिपोसा काउन्टीमा आगलागी भएको थियो । 

सो आगलागीमा करिब २ सय भवनहरू नष्ट भयो ।  तस्बिरमा घरको भित्री भाग भयानक आगोको भूमरीमा परेर ध्वस्त हुँदै गरेको दृश्य देख्न सकिन्छ । 

41673234259.JPG

खाना खाने कोठाको टेबल र कुर्सी आगोको सुनामीको जलेको विभत्स दृश्यको लागि कुनै कलात्मक झल्काउने समानान्तर तस्बिर सायद सम्भव छैन । 

तर बेलायती कलाकार जेएमडब्लु टर्नरको पेन्टिङ छ । सो चित्रमा सूर्यको किरणले भरिएको एउटा ठूलो घरको बैठक कोठा छ । 

जसमा कलाकारले आफ्नो औंलाहरू, प्यालेट चक्कु र ब्रसको छेउ प्रयोग गरेर आगोको रंग भरेका छन् । 

51673234259.JPG

गहिरिएर हेर्दा यसको काल्पनिक प्रज्वलन खतरनाक देखिन्छ । नोआ बर्गरको मारिपोसा काउन्टीको तस्बिरसँग उक्त तस्बिर तुलना गर्दा क्यानभास काव्यात्मक महसुस हुन्छ ।

रुसी सेनाले युक्रेनमा गैरकानुनी रूपमा आक्रमण गरेको दुई हप्तापछि पूर्वी कीभको बाहिरी भागमा सुरक्षामा कर्फ्यूपछि खटिएका क्षेत्रीय रक्षा इकाईका सदस्यहरूले चेस खेलेको फोटोहरू भाइरल भएको छ । 

61673234260.JPG

मध्यरातको खेलमा रोचक कुरा के छ भने फोहोर देखिएको ठूलो बोर्डमा यस्तो ठण्डीमा किन खेलिएको होला ? 

71673234260.JPG

चेसका गोटीहरु काठ, हात्तीको दाँत, रेसिन वा प्लास्टिकबाट नभई घातक मोलोटोभ ककटेलका बोटलहरु राखेको छ, जसले – नयाँ र भयानक युद्धको स्पष्ट संकेत गरेको छ । 

81673234261.JPG

चेस बोर्डमा बसेका सिपाहीहरूको तस्बिर गहिरिँदै गएको द्वन्द्वको प्रतीक हो । 

जसले फ्रान्सेली कलाकार जीन मेट्जिङगरको घनाकार शैलीमा बनेको पेन्टिङ सोल्जर एट ए गेम अफ चेस (१९१४) को गहन ज्यामितिहरू सम्झाउँछ । सो पेन्टिङ पहिलो विश्व युद्धताका बनाइएको थियो । 

91673234261.JPG
111673234262.JPG
101673234262.JPG
131673234263.JPG
121673234263.JPG
141673234264.JPG