मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

साँफेबगरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै


अछाम: साँफेबगरमा प्रथम खुल्ला ब्याडमिन्टन जिल्ला स्तरीय मेयर प्रतियोगिता हुने भएको छ । साँफेबगर नगरपालिकाकाको आयोजना र नगर खेलकुद विकास समिति साँफेबगरको समन्वयमा माघ ८ गतेबाट प्रतियोगिता आयोजना हुने नगर खेलकुद विकास समितिका संयोजक अनिल कुँवरले जानकारी दि दिएका छन् ।

प्रतियोगितमा प्रथम हुने टिमले ५१ हजार पुरुस्कार र दृतिय हुनेले २१ हजार पुरुस्कार पाउनेछ । टिम दर्ता शुल्क ४ हजार १ सय रहेको संयोजक कुँवरले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रतियोगितमा जिल्ला भित्रका खेलाडीहरुलाई मात्रै खेलाईनेछ । तर कर्मचारीको हकमा भने जिल्ला वाहिरका भएमा परिचय पत्र अनिर्वाय पेश गर्नु पर्ने छ । प्रतियोगी टिमलाई माघ ७ गते साँझ ५ वजेभित्र टिम दर्ता गरीसक्नु पर्ने नगर खेलकुद विकास समितिका संयोजक कुँवरको भनाई रहेको छ ।