मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालको सञ्चालक समिती गठन, अध्यक्षमा नगर प्रमुख कुवँर

बयालपाटा अस्पतालको सञ्चालक समिती गठन, अध्यक्षमा नगर प्रमुख कुवँर


अछाम । बयालपाटा अस्पतालको सञ्चालक समिती गठन गरिएको छ । जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० सैयाको अस्पतालको सञ्चलक समिती गठन गरिएको हो ।

साँफेगर नगरपालिकाका भित्र अस्पताल रहेकाले नगर प्रमुख अध्यक्ष, रहने कार्यबिधी अनुसार नगर प्रमुख राजेन्द्र बहादुर कुवँर सञ्चलक समितीको अध्यक्ष चयन भएका छन् ।

जसको सदस्यहरुमा जिल्ला समन्वय समिती प्रमुख वा प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी वा अधिकृत स्तरको कर्मचारी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना सदस्य रहेका छन् ।

बान्नीगढी जयगढ गाँउपालिका अध्यक्ष टेक बहादुर साँउद, मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, समाजसेवी महिला तर्फ गीता कुवँर, अस्पताल रहेको वडा नं. ७ का अध्यक्ष हिक्मत कडायत सदस्य रहेका छन् ।

यस्तै न्याय हेल्थ नेपालको तर्फबाट संस्थाका महासचिव एसपी कलौनी र डा. अरुणा उप्रेती सञ्चालक समितीको सदस्य रहेका छन् भने सदस्य सचिवमा बयालपाटा अस्पताल प्रमुख डा. मन्दीप पाठक रहेका छन् ।

अस्पतालको नियमित सञ्चालन, सेवाको प्रकृती एवंम मापदण्ड निर्धारण, अस्पतालको स्तरोन्नती दिगो व्यावस्थापन, अनुगमन निरिक्षण लगायतका काम सञ्चालक समितीले गर्नेछ ।