मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचौ साँफेबगर महोत्सवको उद्घाटन भोलि, पहिलो दिन निशुल्क प्रवेश

पाँचौ साँफेबगर महोत्सवको उद्घाटन भोलि, पहिलो दिन निशुल्क प्रवेश


अछाम – जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साँफेबगरमा पाँचौं साँफेबगर महोत्सव मंगलबारबाट सुरु हुने भएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ भोलीबाट महोत्वस सुरु हुन लागेको छ ।

महोत्सव मुल आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजन गर्दै महोत्सवको तयारी करिव अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवरले उद्घाटन गर्न कार्यक्रम रहेको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरले जिल्लाका कला संस्कृति स्थानीय उत्पादनको प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरीएको जानकारी दिए । समितिका सह–संयोजक रामबहादुर कुँवरले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । महोत्सवका माध्यमबाट स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवं औद्योगिक बस्तुहरुको प्रर्वद्धनमा सहयोग पुग्ने, बजार विस्तार एवं नयाँ वस्तु उत्पादन गर्ने अवसर श्रृजना गर्ने उद्देश्य रहेको उनले बताए ।

लगानीका अवसरहरु श्रृजना गर्ने, कृषि, जडिबुटी तथा हस्तकलाका उत्पादनलाई व्यसायीकरण उन्मुख गराउन सहयोग गर्ने, महोत्सवबाट भएको आम्दानीले नगरपालिकासँग साझेदारी गरी दमकल खरिद गर्ने योजना समेत रहेको सह–संयोजक कुँवरको भनाई छ । स्थानीय कलाकारलाई महोत्सवमा उचित स्थान दिईने पनि जानकारी दिए । महोत्सव सम्पन्न भएपछि महोत्सवको सम्पूर्ण आयव्यय सार्वजनिक गरिने समेत बताईएको छ ।

पाँचौं साँफेबगर महोत्सवमा २५ लाखभन्दा वढी खर्च हुने र ३५ लाख आम्दानी हुने लक्ष्य छ । महोत्सवमा सुदूरपश्चिमका कलाकार चक्र वम, आशिष महर, लालबहादुर धामी, झरना वोहरा, रोजी कुँवर, राष्ट्रिय स्तरका कलाकार एलिना चौहान, रचना रिमाल, रामजी खाँड, अस्मिता डल्लाकोटी, चिज गुरुङ लगायतका कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् ।

महोत्सव आगामी फागुन ३ गतेसम्म चल्नेछ भने उद्घाटनको दिन मंगलबार भने टिकट नलाग्ने समेत आयोजकले जानकारी दिएको छ ।