मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतामा अक्सिजन प्लाण्ट जडान, प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्न सकिने

बयालपाटा अस्पतामा अक्सिजन प्लाण्ट जडान, प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्न सकिने


अछाम । जिल्लाको बपलायाटा अस्पतालमा अक्सिजन प्लाण्ट जडान भएको छ । अमेरिकन नेपाल मेडिकल एशोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लाण्ट जडान भएको छ ।

करिब एक करोड भन्दा बढीको लागतमा जडान भएको अक्सिजन प्लाण्टले प्रति मिनेट २ सय ५० लिटर अक्सिजन उत्पादन र प्रति दिन ४० लिटरको १४ सिलिन्डर भर्न मिल्ने क्षमताको अक्सिजन प्लाण्ट सुरु भएको बयलापाटा अस्पतालले जनाएको छ ।

अक्सिजन प्लाण्ट सुरु भएका पछि अछाम बाजुरा लगायत यस क्षेत्रका बिरामी तथा अन्य अस्पतालहरुलाई समेत सहजता हुने बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए । अन्य अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संघ संस्थाले अक्सिजन आवश्यक परे बयालपाटा अस्पतालमा आएर अक्सिजन भर्न सक्नेछन् ।

एद दिनमा उक्त अक्सिजन उत्पादन र भर्नका लागि ३५ किलोवाट बिधुत खपत हुने प्लाण्ट जडान गर्ने कम्मपनी मेडी अक्सी प्रालीका बायोमिडिकल ईञ्जिनियर मदन भण्डारीले जानकारी दिए ।

उक्त जडान भएको अक्सिजन प्लाण्टको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले प्लाण्टको उद्घाटन गरेकाा थिए ।

अक्सिजन प्लाण्ट सुरु भएकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख कुवँरले यस क्षेत्रका जनतालाई अब सहजता हुने बताए । साथै उनले यसको दिगोपना र मर्मत सम्भारमा बिशेष ख्याल गर्नुपर्नेमा जोड दिए ।