मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट भलिबल खेलाडीको पदवी १४ बर्षका ओमराज बोहोरालाई

उत्कृष्ट भलिबल खेलाडीको पदवी १४ बर्षका ओमराज बोहोरालाई


अछाम: पञ्चदेवल विनायक नगरपालिकाको उत्कृष्ट भलिबल खेलाडीको पदवी ओमराज बोहोराले पाएका छन् ।
पञ्चदेवल विनायक नगरपालिकामा भएको राष्ट्रपति रनिङ शिल्डको भलिवल खेलबाट वडा नम्बर ९ कालेकाँडामा रहेको सारदा माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ बर्षिय ओमराज बोहोरा भलिबलको उत्कृष्ट खेलाडीका लागी छनोट भएका हुन् ।

सानै उमेरमा थुर्पै नगरस्तरीय खेल समेत खेलिसकेका १४ बर्षिय बोहाराले भलिबल खेलमा आफ्नो उत्कृष्ट खेल प्रद्धशन गर्दै राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भलिवलको उत्कृष्ट पदवी पाएका हुन् ।


सारदा माबीको टिम क्याप्टेनको भूमिकामा रहेका बोहोराले सबै दर्शकहरुको मन जित्न सफल भएका थिए ।
पञ्चदेवल विनायक नगरपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड बुधवार सम्पन्न भएको छ ।
पञ्चदेवल क्याम्पसमा माघ २१ गते बाट सुर भएको उक्त प्रतियोगीता २५ गते सम्पन्न भएको छ ।