मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना (भिडियो)

पञ्चदेवल नगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना (भिडियो)


अछाम: पञ्चदेवल विनायक नगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ । “पालिका भित्र आइपर्ने विभिन्न विपत व्यवस्थापनका लागी पूर्वसूचना प्रणालीको प्रयोग गरौँ सावधानी अपनाऔ । विपतबाट हुने क्षति न्युनिकरण गरौ” भन्ने नारका साथ बुधबार एक कार्यक्रमका बिच पञ्चदेवल विनायक नगरपालिकामा स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको हो ।

नगरपालिकाको विपत व्यवस्थापन समितिको नेतृत्व,युसए.आई.डि,मर्सिकोर नेपाल र भकारी परियोजनाको सहकार्यमा स्थापित भएको आपतकालिन सञ्चालन केन्द्रले विपतको पूर्वतयारी,प्रतिकार्यका क्रियाकलापलाई कृयाशिल,आपतकालिन सूचना प्रवाह लगायतका क्रियाकलाप गर्ने गरि नगर प्रमुख तथा विपत व्यवस्थापन समिति संयोजक अम्बिका चलाउनेले बुधबार उद्घाटन गरेकी हुन् ।

स्थानीय आपतकालीन कार्यसञ्चालनको उद्घाटन गर्दै गनरप्रमुख अम्बिका चलाउनेले न्यूनिकरण गर्ने अवस्था बाहेकका जोखिम व्यवस्थापनका लागी नगरपालिकाले सम्पुर्ण तयारी गर्ने बताईन् ।

नगरपालिकाका केही ठाउँमा बर्षेनी चट्याङ्ग पर्ने गरेकाले उक्त ठाउँमा विपत व्यवस्थापनको पूर्वतयारी गर्ने जानकारी दिइन् ।
कतिपय जोखिम मानवका गलत क्रियाकलापबाट हुने भएकाले नगरपालिकाका दूरदराजका वस्तीहरुमा जोखिम व्यवस्थापन तथा चेतना अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

https://fb.watch/iAbyeR6BVm/

विपतको बेला शीघ्र सूचना प्रवाहका लागी नगरपालिकाका विभिन्न सरोकारवाला व्यक्तीहरुको सम्पर्क सहित विवरण राख्ने,उद्धार कार्यदल गठन गर्ने र सूचना प्रवाहमा सहजताका लागी प्रत्येक वडाहरुमा स्वयंसेवक राख्ने विपत व्यवस्थापन शाखा प्रमुख भरतराज अधिकारीले जानकारी दिए ।

भिडियो