मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफेबगर महोत्सव सामाजिक एकताको आधार बन्नेमा नगर प्रमुख कुंवरको बिश्वास

साफेबगर महोत्सव सामाजिक एकताको आधार बन्नेमा नगर प्रमुख कुंवरको बिश्वास


अछाम । पाचौ सााफेबगर महोत्सव २०७९ शुक्रबारदेखि सुरु भएको छ ।‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका दिउँसो २ बजे एक कार्यक्रमकाबीच साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

साँफेबगर महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहेका थिए । कार्यक्रममा नगर प्रमुख कुँवरले यो महोत्सवले कला सस्कृतीको जर्गना गर्नका साथै सामाजिक एकताको आधार पनि बन्ने बताए ।

कार्यक्रममा बोल्दै उनले कला सस्कृती बिनाको समाजको कुनै अर्थ नरहने बताउदै यसको संरक्षण गर्न सबैले लाग्नु पर्ने बताए । साँफेबगर नगर पालिकाका कला ,सस्कृतीको बिकासका लागि सधै प्रतिबद् रहेको उनको भनाई छ ।

नगर क्षेत्र भित्रका पर्यटकीय स्थलहरुको संरक्षण र बिकासका लागि नगरपालिका काम गर्दै आएको र महोत्वसव सकिए लगतै नगर सभाबाट भाषा कला सस्कृती संरक्षणको बिकास सम्बन्धि बिधयेक पारित गर्ने बताए । यो महोवत्सले रमाईलो मात्र नभई स्थानिय उत्पादनको बजारीकरण ,कला सस्कृतीको जर्गना गर्नेमा मदत पुग्ने उनको भनाई छ ।

कार्यक्रममा नगर उप प्रमुख शिव बहादुर कुँवर सिलोज , बन्नीगधि जयगढ गाउपालिका अध्यक्ष टेक बहदुर साउद, चौरपाति गाउपालिका अध्यक्ष भिम साउद, मेल्लेख गाउपालिका उपाध्यक्ष निर्प खड्का, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सहसचिब दिनेस स्वार, नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बोहरा,नेकपा माओबादिका नगरकमिति अध्यक्ष रग ठकुल्ला ,नेकपा एकिकृत समाजबादीका प्रदेश कमिटी सदस्य जित बहादुर निशानी,साफेबगर नगरपालिका पुर्ब नगर उपप्रममुख बिर्मला बुढथापा ,समाजसेबि बुद्दिजिबि ध्वज बहादुर कुँवर, जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कँुवर, सम्पुर्ण वडा अध्यक्षको तर्फ बाट नगरपालिका प्रवक्ता मकर कँुवर, उधोग बाणिज्य संघका अध्यक्ष महेन्द्र कडायत, बैधनाथ धाम पर्यटन बिकास तथा ब्यवस्थान समितिका अध्यक्ष खडक खड्का, महिला अधिकारकर्मी अप्सरा कुँवर, दलित नवरा्ज नेपाली लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

आज पहिलो दिन राष्ट्रिय कलाकार सिर्जना खत्री, टेक वोगटी, अछामी रेखा थापा भिम बिष्ट , हेमराज अधिकारी,खन्ट खलास लगाएतको सहभातिगा रहेको थियो ।

२८ गते टंक तिमिल्सैना, रचना रिमाल, आशिष महर, झर्ना वोहरा, माघ २९ गते रामजी खाँड, सुप्रिम मल्ल पुजा देवकोटा आउने कलाकार उपसमितिका संयोजक हेमराज कुँवरले जानकारी दिए ।

यस्तै फागुन १ गते एलिना चौहान, नारायणी खत्री, फागुन २ गते चिज गुरुङ, गौरी भट्ट, सम्झना लामिछाने, फागुन ३ गते लालबहादुर धामी, अस्मिता डल्लाकोट, धर्मन्द्र सुनार, फागुन ४ गते पुष्कल शर्मा, माधवी घर्ति र फागुन ५ गते चक्र वम र माधवी घर्तिको प्रस्तुती रहने कलाकार उपसमितिका संयोजक कुँवरले जानकारी दिए ।

महोत्सवले यसक्षेत्रका धार्मीक, प्राकृतिक र जैविक महत्वका पर्यटकीय सम्पदाहरुको पहिचान गर्नुका साथै व्यापारीक कारोबारको प्रचार, स्थानिय लोकसस्कृति तथा उत्पादनको सरंक्षण एवम प्रर्बद्धन गर्नेमा जिल्लाबासीले अपेक्षा गरेका छन ।

कार्यक्रममा स्वागत मन्तव्य महोत्सब आयोजक समितिका सह संयोजक राम बहादुर कँुवरले राखेका थिए भने सञ्चालन महोत्सबका प्रवक्ता लाल बहादुर कुँवर नेत्रले गरेका थिए।

महोत्सबको आयोजक साफेबगर हाटबजार ब्यस्वस्थापन समिति र एयरपोट बजार ब्य्स्थापन समितिको रहेको छ भने मुख्य प्रायोजक महेन्द्र कुवर फाउन्देसन रहेको छ । कार्यकमको उद्घोघोषिका गायिका उमा खनाल रहेकी छन् । महोत्सब फागुन ५ गते सम्म सञ्चालन हुने छ ।