मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम कांग्रेस (देउवा समुहको) जिल्ला सभापतिमा भीमबहादुर साउदलाई विजयी गराउन अपिल

अछाम कांग्रेस (देउवा समुहको) जिल्ला सभापतिमा भीमबहादुर साउदलाई विजयी गराउन अपिल


अछाम । नेपाली कांग्रेस अछाम (देउवा समुह) को आसन्न ९औँ जिल्ला अधिवेशनलाई लक्षित गर्दै जिल्ला सभापति पदका उम्मेदवार भीमबहादुर साउदलाई विजयी गराउन अपिल गरिएको छ।

चौरपाटी गाउँपालिकाका अध्यक्षसमेत रहेका साउदलाई पार्टीको नेतृत्वमा पुर्‍याउन नेपाली कांग्रेसका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण अधिवेशन प्रतिनिधिहरूसँग सहयोग र समर्थनको आग्रह गरिएको हो।

साउदलाई स्थानीय तहको नेतृत्व, विकास निर्माण, सुशासन र जनसेवाको अनुभव हासिल गरेका युवा नेताका रूपमा प्रस्तुत गर्दै उनको उम्मेदवारीलाई अछाम कांग्रेसको संगठनात्मक सुदृढीकरण र रूपान्तरणसँग जोडिएको छ।

साउदको नेतृत्वमा पार्टीलाई थप एकताबद्ध, गतिशील र जनमुखी बनाउन सकिने समर्थकहरूको विश्वास छ। स्थानीय तहमा हासिल गरेको नेतृत्व अनुभव, संगठनप्रतिको सक्रियता, युवा ऊर्जा तथा पार्टीभित्र सबै पक्षलाई समेट्न सक्ने क्षमतालाई उनको उम्मेदवारीका मुख्य आधारका रूपमा उल्लेख गरिएको छ।

त्यसैगरी, पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर अग्रजहरूको सम्मान र युवाहरूको सहभागितालाई प्राथमिकता दिने, आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने तथा संगठनलाई वडा तहसम्म थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि साउदको पक्षबाट अघि सारिएको छ।

‘नेतृत्वको परीक्षण बोलीले होइन, काम र परिणामले हुन्छ’ भन्ने मान्यतासहित अघि सारिएको उनको उम्मेदवारीले अछाम कांग्रेसमा नयाँ ऊर्जा र संगठनात्मक गतिशीलता थप्ने समर्थकहरूको अपेक्षा छ।

आसन्न जिल्ला अधिवेशनमा चौरपाटी गाउँपालिकाका अध्यक्ष तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका युवा नेता साउदलाई जिल्ला सभापति पदमा अत्यधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण अधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूमा सहयोग र समर्थनको हार्दिक अपिल गरिएको छ।