वन संरक्षण र भुईँघाँस खुलाउने निर्णय, उपभोक्तालाई टोलगत जिम्मेवारी दिइने
अछाम । त्रिपुरा सामुदायिक वन उपभोक्ता समूह ढकारी गाउँपालिका–३ को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
समूहका अध्यक्ष पूर्ण बुढाको अध्यक्षतामा सम्पन्न बैठकले सामुदायिक वनमा भुईँघाँस खुलाउने तथा त्यसका लागि विभिन्न टोलका उपभोक्तालाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा दिगो व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
वन संरक्षणलाई प्रभावकारी बनाउन उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै बैठकमा वनको संरक्षण, वन पैदावारको उचित उपयोग तथा वातावरणीय सन्तुलन कायम राख्ने विषयमा छलफल भएको थियो ।
बैठकमा नेपाली कांग्रेसका सभापति रंगबहादुर बुढा, नेकपा एमालेका टेकबहादुर बुढा, वडा सदस्य ललित नेपालीलगायतको सहभागिता रहेको थियो ।
सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनमा उपभोक्ताको सहभागिता बढाउँदै वनलाई व्यवस्थित र दिगो रूपमा उपयोग गर्ने उद्देश्यले बैठकले विभिन्न निर्णय गरेको जनाइएको छ ।














प्रतिक्रिया