मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस अछामको सभापतिमा ललित बहादुर कुँवरको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस अछामको सभापतिमा ललित बहादुर कुँवरको उम्मेदवारी घोषणा


अछाम ।

नेपाली कांग्रेस (देउवा पक्ष)को जिल्ला सभापति पदमा ललित बहादुर कुँवरले उम्मेदवारी घोषणा गर्नु भएको छ।

जिल्ला समन्वय समिति अछामका प्रमुख समेत रहनु भएका कुँवरले पार्टीको जिल्ला नेतृत्वका लागि आफ्नो उम्मेदवारी अघि सार्नु भएको हो। लामो समय देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका कुँवरले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरे सँगै अछामको कांग्रेस राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।

पार्टी संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्ता बीच एकता र सहकार्यको वातावरण निर्माण गर्ने तथा जिल्लामा कांग्रेसको राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयलाई उहाँको उम्मेदवारीसँग जोडेर हेरिएको छ।

जिल्ला समन्वय समितिको नेतृत्वमा रहनु भएका कुँवरको उम्मेदवारीलाई आगामी जिल्ला अधिवेशनका सन्दर्भमा महत्वपूर्ण रुपमा हेरिएको छ।

कुँवरको उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेस अछामको जिल्ला नेतृत्व चयन प्रक्रिया थप चासोको विषय बनेको छ।