Uncategorized

नि:शुल्क स्वास्थ्य शिविर – हजारौं सेवाग्राही

स्वास्थ्य शिविर विनायकमा हजारौं सेवाग्राहीको भिड

अछाम: पञ्चदेवल विनायक नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।
‘स्वस्थ नागरिक,हाम्रो रहर उन्नत जजीवन,समृद्ध नगर’ भन्ने नाराका साथ फाल्गुन ७ गते देखि २ दिन सम्म सम्पुर्ण रोगहरुको चेकजाँच तथा उपचार हुनेगरि विनायकमा सुरु भएको हो ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड टिचिङ अस्पतालको सहकार्यमा पञ्चदेवल नगरपालिकामा सम्पुर्ण रोगको उपचार हुनेगरि आज बाट सुरु भएको पञ्चदेवल नगरपालिका स्वास्थ्य शाखा संयोजक जनक बुढाले जानकारी दिए ।
अपेक्षा गरे भन्दा धेरै सेवाग्राहीहरुको सहभागीता रहेकाले नगरपालिकालाई भिड नियन्त्रण गर्न हम्मे हम्मे भएको बताए ।
करिब पाँच हजार सेवाग्राही लाभान्वित हुने अपेक्षा गरेकोमा त्यो संख्या बढ्न सक्ने रोजगार संयोजक भरत अधिकारीको भनाई छ ।
पञ्चदेवल नगरपालिकाकाले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा सुधारमा अत्यन्त सुधार हुने देखिएको स्थानीय तथा समाजसेवी दिपेन्द्र धामीको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)