मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम क्षेत्र नम्बर २ का सांसद शाह जनताको घर दैलोमा

अछाम क्षेत्र नम्बर २ का सांसद शाह जनताको घर दैलोमा


अछाम : अछाम क्षेत्र नं. २ बााट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले जनताका गुनासा र समस्या सुन्न घरदैलोमा पुग्न सुरु गरेका छन् । गाँउघरमा जनताका समस्या र पिरमर्काको पहिचान गरी समाधानको उपाय निकाल्न उनले घरदैलो सुरु गरेका हुन् ।

सोही अन्र्तगत शुक्रबार शाहले मंगलसेन नगरपालिका वडा नं ९, १०, ११, १२ र १४ का जनताको जनगुनासो सुन्न घर दैलोमा पुगेका छन् । नगरपालिकाको वलिगाउँमा जनता तथा कार्यकर्ता संग भेटघाट, जुपू बलडाडामा कालिका माविको शैछिक अवस्था र भौतिक संरचनाको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

यस्तै बलडाडा स्वास्थ्य चौकीको गुनासो सुन्ने र छापडाँडा विद्यालयको अवस्थाका बारेमा समेत जानकारी लिएका छन् ।जानकारी लिने क्रममा बिद्यालय तथा स्वास्थ्य चौकीका प्रतिनिधीले वर्तमान अवस्था र भौतिक संरचनाको विषयमा जानकारी सहित माग पेश गरेका थिए ।

वडा नं. १४ कालागाउँमा विकास निर्माणको बिषयमा जनताले गुनासो सुनाएका थिए भने १४ न वडामा प्रहरी चौकीको समेत माग गरेका छन् । यस्तै चिउरी र विर्कुमा शिक्षक समाजसेवी अगुवा कार्यकर्ता लगायत जनताको बीचमा गएर कांगेस अछामका सभापती समेत रहेका शाहले वडाका जनता तथा कार्यकर्ताका जनगुनासो बिषयमा गम्भिर भएर आफुले सक्ने कामका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधी सभा सदस्य शाहले आफू कुनै दलिय मोर्चाको मात्र नभई समग्र अछामी जनताको जनप्रतिनिधि भएको र जनताका हर कामहरू कुनै दल वर्ग भेग क्षेत्र नभनी विकाशको लागि काखा पाखा नगरी जनताको अधिकारको लागि सधैं अगाडि बढ्ने बताए ।

भेटघाट अभियानमा नेपाली कांग्रेसका महासमिति सदस्य पदम राज अधिकारी, नेपाली कांग्रेस मंगलसेन नगर सह सचिव राम प्रसाद भाट, मंगलसेन नगरपालिका वडा नं ९ का वडा सभापति झुलेन्द्र रावल, १० का सभापति लक्ष्मी रावल, ११ का सभापति जानकी रावल, वडा अध्यक्ष नर बहादुर भण्डारी, १२ का सभापति शेर बहादुर रावल, वडा अध्यक्ष खगेन्द्र रावल, १४ का सभापति लक्ष्मण सोडारी, १४ का वडा अध्यक्ष शिव बहादुर सोडारी लगायत रोहिना भण्डारी माओवादी नेता गणेश सोडारी लगायत शिक्षक बुद्धिजीवी सामाजिक अभियन्ता जनप्रतिनिधि लगायत सरोकारवाला व्यक्तिहरुको सहभागीता रहेको थियो ।