मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा आर्थिक अभाब हुन नदिने प्रतिनिधिसभा सदस्य शाहको प्रतिबद्धता

बयालपाटा अस्पतालमा आर्थिक अभाब हुन नदिने प्रतिनिधिसभा सदस्य शाहको प्रतिबद्धता


अछाम : अछाम क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुस्प बहादुर शाहले बयालपाटा अस्पतालको विकासका लागि कुनैपनी कुराको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।

बयालपाटा अस्पतालले यस क्षेत्रका नागरिकहरुका लागि निकै राम्रो स्वास्थ्य सेवा दिईरहेकाले यो सेवालाई निरन्तरता दिनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

बयालपाटा अस्पतालले संचालन गरेको यो सेवाले आम नागरिकहरु लावान्भित भएको भन्दै यो अस्पतालको विकास गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

अहिले आर्थिक अभाव झेलीरहेको अस्पतालमा थप बजेटको व्यवस्थापनगरि गुणस्तरिय स्वास्थ्य सेवाका लागि अन्य क्षेत्रबाट पनि सहयोग हुन आवश्यक रहेको उहाको भनाई छ ।

बयालपाटा अस्पतालको आर्थिक बर्ष २०७८÷७९ को सामाजिक परिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रतिनिधिसभा सदस्य शाहले अस्पतालमा दक्ष जनशक्ति सहित आवश्यक उपकरणको व्यवस्थापन गर्नका लागि नेपाल सरकार संग जोडदार संग माग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अछाम जिल्लाका धेरै नागरिकहरुले सानो उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाले यी बाध्यताको अन्त्य गर्नका लागि नेपाल सरकारले यो अस्पतालको सम्पुर्ण जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले बयालपाटा अस्पतालले संचालन गरेको स्वास्थ्य सेवा बाट निकै प्रभावित भएको भन्दै यो सेवालाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।

मंगलसेन नगरपालिकाले मंगलसेन नगरपालिकामा रहेको जिल्ला अस्पताल अछामलाई समेत सहयोग गर्नुपर्ने बाध्यता भएकाले बयालपाटा अस्पताललाई आवश्यकपर्ने बजेटको व्यवस्थापन गर्न नसकेको बताउदै अस्पतालको विकासका लागि आगामी दिनमा पनि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्तिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा बोल्दै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका प्रमुख कर्ण बहादुर थापाले अछामको बयालपाटा अस्पतालले बाजुरा जिल्लाका नागरिकहरुलाई स्वास्थ्य सेवा दिएर ठुलो गुन लगाएको भन्दै अस्पतालले गरेका कार्यहरुको खुलेर प्रशंसा गर्नुभएको थियो ।

अस्पतालको विकासका लागि त्रिवेणी नगरपालिकाको तर्फबाट कुनैपनी कुराको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको थियो । सोही अवसरमा बोल्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले बान्नीगढी गाउँपालिका बयालपाटा अस्पतालको विकासका लागि सहयोग गर्ने तत्पर रहेको प्रतिबद्धता जनाउनु भएको थियो ।

आर्थिक अभावको कारणले समस्या झेलिरहेको यो अस्पतालको सम्पुर्ण जिम्मेवारी अब नेपाल सरकारले लिनुपर्नेमा जोड दिनुभएको थियो ।

साफेबगर नगरपालिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र बहादुर कुवँर, नेपाली काग्रेसका बम बहादुर स्वार, नेकपा एमालेका जिल्ला कमीटी सचिवालय सदस्य प्रकाश बहादुर शाह, साफेबगर नगरपालिका वडा न ७ का अध्यक्ष हिक्मत बहादुर कडायत, समाजसेवी जयन्द्र बहादुर स्वाँर, पत्रकार धनराज साउद, महिला अगुवा दुधकला बिष्ट लगायतले मन्तब्य राख्दै बयालपाटा अस्पतालको विकासका लागि जिल्लाका १० वटै पािलकाबाट सहयोग गर्नुपर्ने र जिल्लाका सरोकारवालाले यो अस्पतलाई नेपाल सरकारको मातहतमा संचालन गर्नका लागि दवाब दिनुपर्ने माग गरेका थिए ।

आर्थिक बर्ष २०७८÷८० मा २० करोड ५४ लाख ७३ हजार २ सय १२ रुपैया खर्च भएको जानकारी गराईएको थियो भने २० करोड ५३ लाख २४ हजार ७ सय ४२ रुपैया विभिन्न क्षेत्रबाट अस्पतालललाई सहयोगको रुपमा प्राप्त भएको जानकारी गराईएको थियो ।

कार्यक्रमको उदेश्य सहित अस्पतालको अवस्थाको बारेमा बयालपाटा अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकले प्रस्तुत गर्नु भएको थियो । स्थानीय सरकार साझेद्धार तथा स्वास्थ्य सेवा व्यवस्थापक हेम बहादुर विश्वकर्माको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको संचालन अस्पतालका सुचना अधिकारी पुर्ण बहादुर खड्काले गर्नुभएको थियो ।

सामाजिक परिक्षण कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको पत्रकार चन्द्र प्रसाद भाटले जानकारी दिनुभएको छ ।