मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मिसन ग्रासरुट’ नाम संविधानको मर्म विपरीत भयो – नेता रावल (अडियो)

‘मिसन ग्रासरुट’ नाम संविधानको मर्म विपरीत भयो – नेता रावल (अडियो)


जनस्तर अभियान प्रभावकारी हुने विश्वास


अछाम: नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले ‘मिसन ग्रासरुट’ नाम संविधानको मर्म विपरीत भएको बताएका छन् । नेपालको संविधानमा हरेक राजनितिक दलहरुलाई नेपाली भाषा राष्ट्रिय भाषाको व्यवस्था रहेकाले संविधान विपरीत अंगे्रजी भाषा प्रयोग गरेको भन्दै केन्द्रीय कमिटीलाई स्मरण गराएका छन् ।

रेडियो रामारोशनको बहसमूलक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको यो अभियानको नाम जनस्तरमा जनपरिचालन राखेको भए आम सर्वसाधारण तथा पार्टीका कार्यकर्ताले सहजै बुझ्ने बताए ।

गाउँबस्ती सम्ममा पार्टी प्रतिको् दृष्टिकोण,पार्टी सुदृढीकरण,पार्टीको निति नियम परिचालन गर्ने उद्येश्यले संचालित जनस्तर अभियान प्रभावकारी हुने डा. रावलले विश्वास व्यक्त गरेका छन् ।