अडियो ग्यालरी

मिसन ग्रासरुट अभियानले कार्यकर्ताहरु उत्साहित भएका छन : एमाले नेत्री आशा बिक (अन्तरवार्ता सहित)

अछाम : नेपाल कम्युनिस्ट पार्टी एमालेकी केन्द्रीय सदस्य आशा बिकले पार्टी सुदृढीकरणका लागी मिसन ग्रासरुट कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छन् ।

केन्द्रमा आरामादायी अवस्थामा रहेका केन्द्रीय नेताहरु यतीखेर देशभरीका ७ सय ५३ वटै स्थानीय तहहरुका प्रत्यक वडा तथा टोलहरुमा पुग्दा पार्टीका आम कार्यकर्ताहरुमा उत्साह छाएको भन्दै मिसन ग्रासरुट अभियानले सार्थकता पाउने विश्वास गरेकी छन् ।

रेडियो रामारोशनको बहसमुलक कार्यक्रममा बोल्दै उनले पार्टी चुस्तदुरुस्त र चलायमान बनाउन पार्टी नेतृत्वको निर्देशन सबैले पालना गर्नुपर्ने र सोही अनुरुप सकृय भएर लाग्नु पर्ने बताईन् ।

नेकपा एमाले बझाङकी सह इन्चार्ज समेत रहेकी बिकले छिमेकी जिल्ला अछामको भौगोलिक अवस्था,विकास निर्माण र राजनितीक अवस्थाको प्रत्यक्ष अवलोकन गर्न पाउनु आफ्नो राजनितीक जीवनको अवसर र सिकाइको रुपमा लिएकी छन् ।

नेकपा एमालेको नेतृत्व गर्दै सत्तासीनमा रहेका व्यक्तीहरुबाटै आम मतदाता र कार्यकर्ताले गुनासो गरिरहेका बेला उनीहरुका गुनासा सम्बोधन गर्न र आवश्यकता परिपूर्ती गर्न मतदाता,कार्यकर्ता र जनप्रतिनिधिहरु लाई संगै राखेर छलफल गरिरहेको नेपाल सरकारकी पूर्व वन तथा वातारण राज्यमन्त्री समेत रहेकी बिकको भनाई छ ।

नेकपा एमालेकी केन्द्रीय सदस्य आशा बिकले मिसन ग्रासरुटका लागी अछामको कमलबजार नगरपालिका,ढकारी र तुर्माखाँद गाउँपालिकाको जिम्मेवारी पाएकी छन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य आशा बिक संग गरिएको अन्तरवार्ता सहितको पुर्ण पाठ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)
सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारको गृहकार्य, यी हुन् सम्भावित अनुहार