मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल क्याम्पस अछाममा फेरि तालाबन्दी

पञ्चदेवल क्याम्पस अछाममा फेरि तालाबन्दी

स्ववियु निर्वाचन तत्काल गर्नुपर्ने माग


अछामको पञ्चदेवल क्याम्पसमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ इकाई समितिले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको हाे ।


त्रि.वि. ले स्थगित भएका क्याम्पसहरुमा चैत्र १२ गते भित्र स्ववियु निर्वाचन गर्न परिपत्र गर्दा समेत पञ्चदेवल क्याम्पसले कुनै चाँसाे नदेखाएकाले तालाबन्दी गर्न बाध्य भएको ने.वि.संघ इकाई सभापति सुशील बटालाले बताए ।


सभापति सुशील बटाला र सचिव डम्बर रावलकाे हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,` मनाेनयन पत्र वितरणको समयमा अनेरास्ववियुले याेजनाबद्व तरिकाले निर्वाचन भाँड्ने गलत नियतका साथ गरेको अराजक गतिविधि फिर्ता लिँदै साेहि दिननै ताला खाेलेर निर्वाचन गर्ने समय हुँदाहुँदै निर्वाचन समितिले निर्वाचन स्थगित गरेको र संयुक्त संगठनहरुले सहमतिबाट नेतृत्व चयनकाे जिम्मा क्याम्पस संचालक समितिलाई दिँदादिदै पनि ताेकिएकाे समयमा सहमति गर्न नसकेपछि निर्वाचन प्रक्रियाको विकल्प हुँदाहुँदै उल्टै निर्वाचन स्थगित गरेको प्रति ने.वि.संघकाे असहमति रहेको छ ।

विद्यार्थीहरुले राखेका मागहरु तत्काल सम्बाेधन नभए ताला नखाेल्ने र थप संघर्षका कार्यक्रम अगाडि बढाउने ने.वि.संघले बताएको छ ।

हेर्नुस विज्ञप्ति