मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल १ कुइकामा वडा स्तरीय बाल भेला सम्पन्न 

पञ्चदेवल १ कुइकामा वडा स्तरीय बाल भेला सम्पन्न 


अछाम : पञ्चदेवल विनायक नगरपालिका १ कुइकाकामा वडा स्तरीय बाल भेला सम्पन्न भएको छ।

बाल सञ्जालको आयोजना, वडा कार्यालयको समन्वय र आस्था नेपालको सहजीकरणमा पञ्चदेवल विनायक नगरपालिका वडा नं १, कुईकामा वडा स्तरीय बाल भेला सम्पन्न भएको छ।

स्थानीय समुदायमा रहेका बालबालिकाका सवालहरूको पहिचान गरी प्राथमिकीकरण गर्ने र ती सवालहरूको न्यूनीकरणका लागि कार्य योजना निर्माण गर्ने, बालबालिकाहरूलाई मन पर्ने र मन नपर्ने क्रियाकलापहरूको विषयमा समूह कार्य गरी प्रस्तुतीकरण गर्ने, बालबालिका माथि हुन सक्ने हिंसा, शोषण , दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित र असुरक्षित स्थानको पहिचान गर्ने र बालबालिकाले चाहेको भावी असल समाजको परिकल्पना सहितको क्रियाकलाप गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो। 

वडा स्तरीय बालसंजालका अध्यक्ष रीता ढकालको अध्यक्षतामा भएको उक्त भेलामा वडाध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना, वडा सदस्य चेतराज उपाध्याय, परशुराम देवकोटा र पञ्चदेवल विनायक नगरपालिका महिला बालबालिका एवम् ज्येष्ठ नागरिक शाखा प्रमुख भावना शर्मा ,वडा सचिव गोकर्ण तिमिल्सैना, स्वास्थ्य चौकी कुईकाका प्रमुख विष्णु लगायतको उपस्थिति रहेको थियो। 

भेलाले समुदायमा रहेका बालबालिका सवालहरू पहिचान गरी , प्राथमिकीकरण गरेको छ र त्यसैको आधारमा सवालहरू न्यूनीकरण गरी असल समाज र बालसम्बृध्दि ल्याउने उद्देश्यका साथ कार्य योजना निमाण गरेको छ र भेलाबाट निर्माण भएका कार्य योजनाहरू वडा सरकार मार्फत नगरपालिका र सम्बन्धित शाखामा पेस गर्ने निर्णय गरेको छ।

बाल सञ्जालका सह सचिव मदन धमालाको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सञ्जालका सचिव प्रकाश देवकोटाले गर्नु भएको थियो भने भेलाको सहजीकरण आस्था नेपाल अछामका दिल बहादुर शाही र खगेन्द्र उपाध्यायले गरेका थिए ।