मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ अछामद्धारा बयालपाटा अस्पतालमा रक्तदान र बिरामीलाई फलफुल बितरण

नेविसंघ अछामद्धारा बयालपाटा अस्पतालमा रक्तदान र बिरामीलाई फलफुल बितरण

नेविसंघ सामाजिक कार्यमा समेत क्रियाशिल भएकोमा पूर्वसभापती स्वाँरले गरे प्रशंसा


अछाम । नेपाल बिद्यार्थी संघ अछामले बयालपाटा अस्पतालमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल बितरण गरेको छ । आफ्नो ५४ औँ स्थापना दिवसको अवसरमा नेविसंघ अछामले रुक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो ।

अस्पतालको अन्तरंग बिभाग तथा आकस्मिक बिभागमा भर्ना भएका ५० जना बढी बिरामीलाई फलफुल बितरण गरिएको नेविसंघ अछामका अध्यक्ष खेमराज खड्काले बताए । बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित उनिहरुलाई फलफुल बितरण गरिएको उनले बताए ।

रक्तदान कार्यक्रममा बिभिन्न रक्त समुहको ११ प्वाईण्ट रगत संकलन भएको छ । यसले बिरामीहरुलाई ठुलो राहत हुने बयालपाटा अस्पतालले जनाएको छ ।

फलफुल वितरण पछि भएको कार्यक्रममा बोल्दै कांग्रेस अछामका पूर्व सभापति एवं महासमिती सदस्य भरत कुमार स्वाँरले नेविसंघले बिद्यार्थीका हकहितका साथ साथै सामाजिक कार्यमा समेत क्रियाशिल भएकोमा प्रशंसा व्यक्त गरे ।

नेता स्वाँरले बयालपाटा अस्पतालले अछाम लगायतका दुर्गम क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेकाले अस्पताललाई आवश्यक परेको बेला नेविसंघले जस्तोसुकै सहयोग पनि गर्नुपर्ने बताए ।

जिविस अछामका पूर्व सभापती समेत रहेका नेता स्वाँरले नेविसंघ कांग्रेसका नेता उत्पादन गर्ने संस्था समेत भएको भन्दै राजनितिक क्रियाकलापमा समेत सक्रिय हुनेपर्ने मा जोड दिए ।

नेता स्वाँरले नेविसंघ स्थापना गर्ने नेताहरु प्रधानमन्त्री देखि राष्टपति समेत भएको स्मरण गरे । नेविसंघ एक जुट भएर अघि बढ्नुपर्ने र सकरात्मक काम गर्दै जिल्लामा पार्टीलाई समेत बलियो बनाउन भुमिका खेल्नुपर्ने उनको भनाई थियो ।

नेविसंघ अछामका अध्यक्ष खेमराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सुदुरपश्चिम प्रदेश सदस्य भक्त ठकुल्लाले मानवताका लागि नेविसंघ सक्रिय हुनेपर्ने बताए ।

नेविसंघ कांग्रेस पार्टीको जग भएको भन्दै कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रुपा आउजीले जिल्लामा पार्टीलाई कम्जोर बजाउने गरी नेविसंघ २ कित्तामा उभिनु दखिद भएको बताईन् । नेविसंघ अछाममा देखिएको समस्या लागि पार्टी जिल्ला, प्रदेश र केन्द्रका नेताहरु बसेर समाधान गर्न समेत उनले आग्रह गरिन् ।

कार्यक्रममा महासमिती सदस्य अर्जुन ताम्रकार, कांग्रेस जिल्ला कोषाध्यक्ष बलबहादुर साँउद र जिल्ला समन्वय सदस्य नरेन्द्र कुवँरले नेविसंघले जहिल्यै सकरात्मक काम गर्दै आईरहेको भन्दै आगामी दिनमा समेत यस्तै कार्यमा अग्रसर हुन आग्रह गरेका थिए ।