मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वलिगाउमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै

वलिगाउमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै


अछाम: जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउमा बुधवार देखी सञ्चालन हुने क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

नयाँ वर्षको अवसरमा बर्सेनि आयोजना हुने क्रिकेट प्रतियोगिताको १४ औँ संस्करण भोलिबाट सुरु हुन लागेको हो ।

मङ्गला विकास क्लब आयोजक र कृष्ण वीर स्मृति क्लबको सह आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मंगलसेन नगरप्रमुख पदम बहादुर बोहराले गर्ने तय भएको क्लबका अध्यक्ष झुलेन्द्र बहादुर रावलले जानकारी दिए । प्रतियोगिताका लागि मञ्च व्यवस्थापन, खेलमैदान व्यवस्थापनको सबै काम पूरा भएको रावलको भनाई छ ।

प्रतियोगितामा जिल्लाभरका १० भन्दा बढीको टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका सफल पार्न मंगलसेन नगरपालिका, वडा नम्बर ९, विद्यालय, जिल्ला स्थित स्टेशनरी, कम्प्युटर पसल, किराना पसल लगायतको सहयोग रहेको छ ।