मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाक नेपालद्वारा विनायकमा कृषि एम्बुलेन्स हस्तान्तरण

वाक नेपालद्वारा विनायकमा कृषि एम्बुलेन्स हस्तान्तरण


अछाम : तरकारी बजार व्यवस्थापनका लागि वाक नेपालद्वारा कृषि एम्बुलेन्स (अटो रिक्सा) हस्तान्तरण गरिएको छ ।

पन्चदेवल विनायक नगरपालिका ६ तोलीका लाभग्राही गणेश रावललाई एक कार्यक्रमका बिच नगरप्रमुख अम्बिका चलाउनेले चाबी हस्तान्तरण गरेकी हुन ।

वल्डभिजन ईन्टरनेस्नल नेपालको आर्थिक सहयोग तथा वाक नेपालको सहजीकरणमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाद्वारा खरिद गरी हस्तान्तरण गरिएको परियोजनाका संयोजक गोपिसिङ नेपालीले जानकारी दिए ।

पन्चदेवल विनायक नगरपालिकाको विभिन्न वडामा उत्पादित कृषि बस्तुको बजारीकरणका लागि उक्त अटो रिक्सा हस्तान्तरण गरिएको हो । अटो रिक्सालाई कृषि एम्बुलेन्सको रूपमा सञ्चालन गरिने संस्थाले जनाएको छ ।

परियोजनाले पूर्वी अछामका पन्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकामा ७० भन्दा बढी उत्पादक समूहलाई कृषि बस्तु उत्पादनमा सहयोग गर्दै आएको छ ।

कृषकले उत्पादन गरेको तरकारीले बजार नपाउने समस्यालाई कृषि एम्बुलेन्स मार्फत निर्यात गरेर समाधान गरिने संस्थाले विश्वास लिएको छ ।