मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ४ जना क्यान्सर पिडितलाई सहयोगका लागि केन्द्रमा पठाउने निर्णय गर्दै कांग्रेस अछामको बैठक सम्पन्न

अछामका ४ जना क्यान्सर पिडितलाई सहयोगका लागि केन्द्रमा पठाउने निर्णय गर्दै कांग्रेस अछामको बैठक सम्पन्न

कांग्रेस अछामद्धारा आगोले घर जलेर पिडित भएका कांग्रेस अछामका जिल्ला सदस्य मिना ढुंगानालाई ५० हजार आर्थिक सहयोग


अछाम : नेपाली कांग्रेस अछामले जिल्लामा क्यान्सर रोगको पहिचान भएका ४ जना क्यान्सर पिडितलाई आवश्यक सहयोगका लागि नेपाली कांग्रेस केन्द्रमा पठाउने निर्णय गरेको छ ।

उनिहरुको उपचारमा आवश्यक सहयोगका लागि केन्द्रलाई सहयोग माग्ने निर्णय गरेर पठाईएको कांग्रेस अछामका कार्यबाहक सभापती नयाँराम बजगाँईले बताए ।

नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले आगोले घर जलेर पिडित भएका कांग्रेस अछामका जिल्ला सदस्य मिना ढुंगानालाई ५० हजार आर्थिक सहयोग गर्ने निर्णय समेत भएको छ ।

साथै उक्त सहयोग रकम आजै हस्तान्त्ररण समेत गरिएको कांग्रेस अछामले जनाएको छ ।

यस्तै बैठकले नयाँ बर्ष २०८० सालको अवसरमा समस्त आमाबुवा, दाजुभाई दिदिबहिनीहरुलाई नयाँ बर्षको शुभकामना दिदैँ सो निर्णय समेत पारित गरेको छ ।

बैठकको सञ्चालन पार्टी सचिव प्रकाश साँउदले गरेका थिए ।