मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा बिद्यालय दिवा खाजाका लागि बार्षिक १ करोड ६८ लाख खर्च

कमलबजारमा बिद्यालय दिवा खाजाका लागि बार्षिक १ करोड ६८ लाख खर्च

अब स्थानीय कृषि उपजमा आधारित बिद्यालय दिवा खाजाका कार्यक्रम सुरु गरिने


अछाम : स्थानीय कृषि उपजमा आधारित बिद्यालय दिवा खाजाका लागी पालिक स्तरिय सुभारम्भ कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । वाक नेपालको आयोजना तथा कमलबजार नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका ४६ सामुदायिक बिद्यालयका ६ हजार २ सय ४७ बिद्यार्थी दिवा खाजामा समेटिएको जानकारी गराईएको थियो ।

प्रत्येक विद्यार्थीलाई १५ रुपैयाका दरले दिदै आईएको दिवा खाजाका लागी कमलबजार नगरपालिकामा बार्षिक १ करोड ६८ लाख दिवाखाजामा खर्च भईरहेको हुदाँ आगमी दिनमा स्थानीय कृषि उपज लाई प्राथमिकता दिएर बिद्यालय दिवा खाजामा स्थानिय स्तरमा उत्पादित खाद्यान्न तथा तरकारीलाई प्रयोग गर्नुपर्नेमा सहभागी सबैको जोड थियो ।

नगर प्रमुख यज्ञ प्रसाद ढकालले स्थानीय स्तरमा उत्पादित खाद्यन्न तथा तरकारी प्रयोग गरेर बिद्यालय दिवा खाजा बनाउदा स्थानीय उत्पादित बस्तु प्रयोग भई पालिका भित्र आर्थीक चलायमान हुनुका साथै बिद्यार्थीले स्वस्थकर ताजा खाजा पाउने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन पालिका प्रतिबद्ध रहने बताए ।

कार्यक्रमलाई राज्यको निति अनुसार हामीले जसरी पनि कार्यान्वयन गर्नुपर्नेमा नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको जोड थियोे ।

जाल्पा देवी माबिका प्रधानाध्यापक जनकराज भण्डारीले स्थानीय स्तरमा उत्पादित बस्तु प्रयोग गरेर दिवा खाजा बनाउन निकै चुनौतीपर्ण रहेको बताए । उनले भान्साकोठाको व्यवस्थापन, पकाउनलाई प्रयोग गरिने श्रोतको अभाव र कार्यालय सहयोगीको परिचालन लगायतका समस्या समाधानका लागी सरोकारवाला सबैले पहल चाल्नुपर्ने बताए ।

नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर पालिकाका बिभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट, कृषी शाखा प्रमुख सुनिल कुँवरको उपस्थिीती रहेको थियो ।

यस्तै कमलबजार नगरपालिकाका बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष, वाक नेपालका महासचिव अप्सरा कुँवर बिभिन्न सञ्चारमाद्याममा आवद्ध सञ्चारकर्मी लगायतको सहभागीता रहेको पालिक स्तरिय सुभारम्भ गोष्ठिको सञ्चालन शिक्षा शाखामा कार्यरत नैन बहादुर कुँवरले गरेका थिए ।