मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल नेत्रज्योति संघ अछामको अध्यक्षमा शंकर रावल निर्बिरोध निर्वाचित

नेपाल नेत्रज्योति संघ अछामको अध्यक्षमा शंकर रावल निर्बिरोध निर्वाचित


अछाम । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा अछामको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

हिरिण्ड बहादुर बोहरा अध्यक्षतामा भएको साधारण सभाले ४ बर्षे दोश्रो कार्यकालका लागि शंकर रावललाई निर्बिरोध निर्वाचित गरेको छ ।

समितिको उपसभापतिमा भुमिसरण ढकाल बजगाइ, सचीवमा तेज बहादुर कुवर, कोषाध्यक्षमा शोभिता भट्टराई, सह कोषाध्यक्ष राजाराम भाट, सहसचिव कर्ण बहादुर बुढा रहेका छन् ।

यस्तै सदस्यहरुमा रमेश बहादुर रावल, डा. दिनेश रावल, झपट बहादुर रावल, हिरण्ड बहादुर बोहरा, जितेन्द्र बहादुर शाह, हिक्मत बहादुर रावल रहेका छन् ।

आगमी बैठकबाट थप सदस्य मनोनित गर्ने नवनिर्बाचित अध्यक्ष शंकर रावलले बताए । यस्तै नेपाल नेत्र ज्योति संघ अछामको सल्लाहाकार समितिको संयोजक मदन बहादुर कुँवर चयन भएका छन् ।

साधारण सभा उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य माननिय पुष्प बहादुर शाह प्रमुख अथिति रशेका थिए भने मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा र नेपाल नेत्र ज्योती संघ कैलालीका निर्वतमान अध्यक्ष दिव्य प्रसाद पन्त बिशिष्ट अथिति रहेका थिए ।