मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री लाई भ्रष्टाचार विरुद्ध बास नेपाल अछामको ज्ञापन पत्र 

प्रधानमन्त्री लाई भ्रष्टाचार विरुद्ध बास नेपाल अछामको ज्ञापन पत्र 


अछाम: बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई बास नेपाल अछाम  शाखाले ज्ञापन पत्र बुझाएको छ । बिहीबार एक कार्यक्रमका बिच अछाम  शाखाले अछामका  प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लाई बास नेपालका अध्यक्ष महेश जैसीद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाएको हो ।

भ्रष्टाचार न्यूनीकरण र भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर सर्वसाधारणबाट करोडौँको रकम असुल्ने भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाइएको बास अछामका पूर्व सहसचिव सुशील भण्डारीले बताए ।

प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको प्रमाण सहितको प्रतिवेदन सरकारलाई पेस गर्ने अन्तिम समय भएको बेला बास नेपाल नामक गैरसरकारी संस्थाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय अछाम  मार्फत सरकारलाई दबाब दिन यस्तो ज्ञापन पत्र बुझाइएको जिल्ला शाखा अछामका अध्यक्ष महेश जैसिले जानकारी दिए ।

भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचारले लोकतान्त्रिक मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनी शासनलाई कमजोर बनाउँदै देशको अर्थतन्त्रलाई धराशायी बनाउने उल्लेख गर्दै जिल्लाका नागरिक अगुवाहरूले घटनामा संलग्न जुनसुकै व्यक्तिलाई पनि कानुन अनुसार कारबाहीको माग गरेका हुन् ।

बास नेपाल केन्द्रीय कार्यालयको परिपत्र अनुसार अछाम  शाखाले पनि ज्ञापन पत्र बुझाएको छ, बास नेपालले बिहीबार नै ७७ जिल्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै अछामका  प्रमुख जिल्ला अधिकारी ढकालले यसको बारेमा तत्कालै जानकारी सरकारका सबै निकायमा गराउने प्रतिक्रिया दिए ।