मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिट्नेश जिम क्लबमा युवाहरुको आर्कषण बढ्दो

फिट्नेश जिम क्लबमा युवाहरुको आर्कषण बढ्दो


अछाम : जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा फिट्नेश जिम क्लब सञ्चालनमा रहेको छ । बिगत एक बर्ष देखि यस क्षेत्रका नागरिकहरुलाई लक्षित गरि सञ्चालनमा रहेको क्लबमा अहिले आर्कषण बढ्न थालेको छ ।

खासगरी आफ्नो स्वास्थ्यलाई तन्दरुस्त तथा स्वस्थ्य राख्नका लागि फिट्नेस जिम क्लबमा युवाहरुको उपस्थिती बाक्लिदै गएको क्लबका सञ्चालक रमेश कुँवरले बताए । अहिले गर्मीको समय भएकाले बिहानी र बेलुका जिम गर्न उपयूक्त हुने सञ्चालक कुवँरले बताए ।

आफ्नो शरिरलाई फिट राख्न र स्वास्थ्यका हिसाबले समेत जिम गर्नु राम्रो हुने भएकाले सबैलाई जिम गर्न उनले आग्रह गरेका छन् । जिम गर्दा स्वास्थ्य तन्दुरुस्त र राम्रो पनि हुने भएकाले आफुले जिमलाई नियमितता दिएको युवा दिनेश स्वाँरले बताए ।

बिहान देखि बेलुका सम्म क्लब खुल्ला रहने भएकाले जुनसुकै समयमा पनि जिम गर्न सकिने उनको भनाई छ । पहिले भाडाको घरमा फिट्नेश जिएम क्लब सञ्चालनमा रहे पनि हाल आफ्नै भवनबाट क्लब संचालनमा रहेको कुवँरले बताए ।

सस्तो र सुलभ दरमा एक महिना देखि १ बर्ष सम्मका प्याकेजहरु क्लबमा रहेको उनको भनाई छ ।