मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाईगोरुमा लाग्ने लम्पी स्किनले कृषक चिन्तामा, पशु प्राविधिक टोलि सहित नगर प्रमुख गाउघरमा

गाईगोरुमा लाग्ने लम्पी स्किनले कृषक चिन्तामा, पशु प्राविधिक टोलि सहित नगर प्रमुख गाउघरमा



अछाम । पछिल्लो समय गाई गोरु र भैसीमा लाग्ने लम्पी स्किन डिजिज (ीक्म्) रोगले भयावह अवस्था सिर्जना भएको छ । कृषकले खेतीपाती लगाउने समयमै फैलिएको यो प्रकोप बाट कमलबजार नगरपालिकाका पशुपालक कृषक पनि चिन्तामा परेका छन ।

यसैलाई मध्येनजर गदै कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले कृषकको घरआगनमै कृषी तथा पशु प्राविधिकको टोलि लिएर उपचार गराउने कार्यको थालनी सुरु गरेका छन् ।

नगरप्रमुख ढकालले पालिकाबासीलाई अप्ठेरो पर्दा आफु जुन्सुकै बेला पनि सहयोग गर्न तयार रहेको बताए ।

कमलबजार नगरपालिकाको वडा न ३ बयालामा ीक्म् संक्रमित कृषकका १ सय ५४ गोरु र १ भैसि गरि १ सय ५५ गाई गोरुको उपचार गरिएको कमलबजार नगरपालिका पशु शाखाका देबिन्द्र शाहले बताए ।

खेतिपातिको समयमा प्राविधिक टोलि ल्याएर नगर प्रमुख किसानको गाउघर मै आउदा किसानले धन्यबाद दिएका छन् ।खेति गर्ने सिजनमा माहामारी फैलिरहदा वडा कार्यालयले भने कुनै चासो भने नदेखाएको प्रति किसानहरुले दुखेसोको गरेका छन् ।

लम्पी स्किन संक्रमण भैसकेका गाइ गोरु बाट लम्पी स्किन संक्रमण थप फैलिन सकने भएको लम्पी स्किन नभएका गाइ गोरुलाइ अलग राख्न समेत पशु शाखा प्रमुख देबिन्द्र बहादुर शाहिले किसानलाइ सुझाब दिए ।

गाई गोरुमा यो रोगको संक्रमण देखिएमा पालिकाको पशु शाखामा सम्पर्क गर्न शाखा प्रमुख शाहीले आग्रह गरे ।