मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयलापाटा अस्पतालका ५० जना बिरामीलाई फलफुल बितरण

बयलापाटा अस्पतालका ५० जना बिरामीलाई फलफुल बितरण


अछाम । नेपाल बजार बिक्री प्रतिनिधी संघ डोटी अछाम ईकाले बयलापाटा अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।

नेपाल बजार बिक्री प्रतिनिधी संघको २३ औँ स्थापना दिवसको अवसरमा अस्पतालमा भर्ना भएका ५० जना बिरामीलाई फलफुल बितरण गरिएको डोटी अछाम ईकाईका अध्यक्ष कपिल देव कुँवरले बताए ।

स्थापना देखि नै संघले बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको र यसपटक पनि देशभर यस्तै रचनात्मक काम भईरहेका केन्द्रीय सदस्य टेक बहादुर बमले बताए ।

सोही अन्र्तगत अछाम जिल्लामा रहेको बयालपाटा अस्पतालले बिगत लामो समय देखि निशुल्क स्वास्थ्य सेवा दिईरहेको र आफुहरुले पनि बिरामीलाई फलफुल बितरण गरेको संघका सल्लाहकार सदस्य दिनेश कुँवरले बताए ।