मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालमैत्री स्थानीय शासन घोषणाको प्रक्रियामा विनायक

बालमैत्री स्थानीय शासन घोषणाको प्रक्रियामा विनायक

वडा नम्बर २ विनायकलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी


अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिका  वडा नं २ विनायक को आयोजनामा सरोकारवालाहरूको  लागि बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम एवं कार्यशाला विनायकमा सम्पन्न भएको छ।

वडा नम्बर २ विनायकलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने उद्देश्यले बिहीबार बैठक सम्पन्न भएको हो ।

तालिममा बालमैत्री स्थानीय शासनको अवधारणा, सकारात्मक पक्षहरू, चरण, खुट्किला, सूचकहरू, दिगोपनाका चरणहरू, प्रतिफल लगायतको  विषयमा सहभागीको क्षमता अभिवृद्धि गराइएको छ भने पूरा नभएको सूचकहरू माथि काम गर्नका लागि विषयगत उप समितिहरू निर्माण गरी कार्य योजना सहितको जिम्मेवारी दिइएको छ।

साबिकको विनायक गा.वि.स. मा लामो समय देखि बालमैत्री स्थानीय शासनलाई अवलम्बन गरेर विभिन्न काम हरू अगाडी बढाएको भए पनि हालसम्म पूर्ण रूपमा घोषणा हुन सकेको छैन। आर्थिक वर्ष २०८७/०८८ सम्म नेपालका सम्पूर्ण स्थानीय तह घोषणा गरी सक्ने लक्ष नेपाल सरकारले राखेको भए पनि अछाममा भने हालसम्म दुई वटा वडाहरू मात्र बालमैत्री स्थानीय शासन युक्त घोषणा भएका छन् भने यसपछि पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ लाई घोषणा गर्ने लक्ष्य सो नगरपालिका र वडाले राखेको छ ।

पञ्चदेवल विनायकको मुटु क्षेत्रमा पर्ने यो वडा मध्य पहाडी राजमार्ग सँग जोडिएको , धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको पञ्चदेवल पनि यसै वडामा अवस्थित भएको हुनाले पनि यस वडालाई आकर्षणको केन्द्रको रूपमा लिन सकिन्छ।त्यसका लागि पूर्ण सरसफाइ,बालमैत्री, पोषणमैत्री,वातावरण मैत्री,अपाङ्ग मैत्री, दलित मैत्री र सभ्य एवं शिक्षित हुन जरुरी छ।

बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता बाल अधिकारका सवालहरूलाई स्थानीय सरकारको नीति, प्रक्रिया, कार्य प्रणाली र व्यवहार संस्थागत गर्ने शासकीय स्वरूपलाई बाल मैत्री स्थानीय शासन भनिन्छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार निर्धारण गरिएका बाल बचाउ अन्तरगतका १४ वटा, बाल संरक्षणका राष्ट्रका कण धार मानिने बालबालिकाहरूको सुनौलो भविष्य १० वटा, बाल विकासका ६ वटा , बाल सहभागीताका ६ वटा र संस्थागत विकास अन्तरगतका १५ वटा गरी जम्मा ५१ वटा सूचकहरू न्यूनतम ८० देखि १०० प्रतिशत सम्म पूरा भएपछि प्रमाण सहित अनुगमन भएर जिल्ला समन्वय समितिको अनुमति पश्चात्  घोषणा गर्न मिल्दछ।

हाल यस वडामा धेरै सूचकहरू पूरा भइसकेको छन् भने केही सूचकमा अझै काम गर्नु पर्ने देखिएको छ। यी सबै सूचकहरू पूरा गरेर आ. व.२०८०/०८१ भित्र यस वडालाई बालमैत्री बनाई सक्ने लक्ष्य स्थानीय सरकारले राखेको छ र सहयोग कालागि सबै दातृ निकाय, समुदायमा आधारित सङ्घ संस्था, सरोकारवाला र आम नागरिकमा अपिल गरेको कुरा वडा अध्यक्ष कृपा बहादुर धामीले बताए ।

तालिम सो वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख,उच्चतम विद्यालयका प्र. अ.,महिला स्वास्थ्य स्वयंसेविका, बालमैत्री स्थानीय शासन समितिका सदस्यहरू, बाल सञ्जाल लगायतको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण आस्था नेपाल अछामका दिल बहादुर शाही र खगेन्द्र उपाध्याय ले गरेका थिए ।