मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा बयालपाटा अस्पताललाई उपेक्षा ?

सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा बयालपाटा अस्पताललाई उपेक्षा ?

यसै क्षेत्रबाट निर्वाचित सांसद सामाजिक विकास मन्त्री हुदाँ समेत बजेटमा बयालपाटाको नाम सुनिएन्


अछाम : सम्भवत नेपालकै एकमात्र सबै प्रकारका सेवा निशुल्क दिने अछाममा रहेको बयालपाटा अस्पताललाई प्रदेश सरकारले उपेक्षा गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा बयालपाटा अस्पताललाई उपेक्षा गरिएको हो ।

यसअघि निति तथा कार्यक्रममा समेत अस्पतालको नाम नरहेकोमा बजेट भाषणमा समेत बयालापटा अस्पतालको नाम नसुनिएको हो । प्रदेशका अन्य ठाँउका बिभिन्न अस्पतालका लागि बजेट बिनियोजित हुदाँ बयालपाटा अस्पतालको भने नाम समेत सुनिएको छैन् ।

यसअघिका भएका बजेट भाषणमा बयालपाटा अस्पतालका लागि ७, ८ र ९ करोड रकम बिनियोजित भएपनि यसबर्ष अस्पतालको नाम समेत समाबेश नभएको हो की भन्ने आशंका यस क्षेत्रका जनताले गरेका छन् ।

बिदेश दातृ निकायको सहयोगमा न्याय हेल्थ नेपालको व्यावस्थापनमा बयालपाटा अस्पताल सञ्चालन हुदैँ आईरहेको थियो । कोभिड महामारी पछि बिदेशी सहयोग कम हुदैँ गएपछि अस्पतालललाई आर्थिक भार परको थियो ।

आर्थिक अभाव हुदाँ पछिल्ला बर्षहरुमा स्थानिय पालिका र प्रदेश सरकारले समेत सहयोग गरिरहेको थियो भने न्याय हेल्थ नेपाललले समेत केही बिदेशी दातृ निकायलाई सहयोग माग गर्दे अस्पताल सञ्चालन भईरहेको थियो ।

तर आर्थिक भारले अस्पताल सञ्चालनमा कठिनाई आईरहेका बेला झन् प्रदेश सरकारले आवश्यक बजेट बिनियोजित गर्नुको साटो नाम समेत समाबेश गरको छैन् । यसले जनताको स्वास्थ्य माथि प्रत्यक्ष रुपमा असर पर्ने देखिएको छ ।

बयालपाटा अस्वतालले बिगत १५ बर्ष देखि अछाम सहित सुदुर पहाड तथा कर्णाली प्रदेशका जनतालाई समेत निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । बयालपाटा अस्पताल नहुने हो भने यस क्षेत्रका जनताको करोडौँ रकम खर्च हुनुका साथै आर्थिक अवस्था कम्जोर भएका जनताको अकालमै बर्षेनि हजारौँ नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको सृजना हुन्छ ।

यसपटक अछाम क्षेत्र नं. १ प्रदेश सभा क बाट मेघराज खड्का प्रदेश सभा सांसद छन् भने ख बाट झपट बहादुर साँउद सामाजिक विकास मन्त्री छन् । सामाजिक विकास मन्त्रालय अन्र्तगत नै अस्पताल पर्ने भएपनि यस क्षेत्रकै प्रतिनिधित्व गरेका मन्त्रीले अस्पतालको बारेमा खासै चाँसो नदेखाएको यस क्षेत्रका नागरिकले गुनासो गर्न थालेका छन् ।

हाम्रै क्षेत्रका सांसद सामाजिक विकास मन्त्री छन्, यसपटक असपताललाई आवश्यक सबै बजेट आउछ भन्ने आशा थियो तर बजेट भाषणमै अस्पतालको नाम नसुनेपछि दुख लागेको छ एक सेवा ग्राहीले भने ।

हाम्रा लागि बयालपाटा अस्पताल भगवान हो, यो भएन भने हामीलाई कि घर फर्कनु, कि त बुढीगंगा मा हाम फाल्नुको बिकल्प छैन् ति सेवा ग्राहीले दुखेसो गरे । बयालपाटा अस्पतालले हालसम्म १२ लाख बढी नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेको छ ।