मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिएन आत्महत्याको क्रम, अछाममा पछिल्लो ११ महिनामा २० जनाले गरे आत्महत्या

रोकिएन आत्महत्याको क्रम, अछाममा पछिल्लो ११ महिनामा २० जनाले गरे आत्महत्या


अछाम : जिल्लामा आत्म हत्याका घट्नाहरु नघटेको पाईएको छ । गएको २ आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा केही कम घट्ना भएपनि आत्महत्याका घट्ना भईरहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस आर्थिक बर्षको अहिले सम्मको तथ्यांक अनुसार अछाम जिल्लामा २० जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जेष्ठ महिना सम्म २० जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ ।

मंगलसैन नगरपालिका, कमलबजार नगरपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा ४/४ जना, रामारोशन, तुर्माखाँद र ढकारी गाँउपालिकामा २/२ जना, तथा बान्नीगढी जयगढ गाँउपालिका र चौरपाटी गाँउपालिकामा १/१ जनाले आत्रमहत्या गरेका छन् ।

पछिल्ला २ बर्ष भन्दा आत्महत्याका घट्ना कम भएपनि यसको क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले बताए । आत्महत्याका घट्नामा कमी ल्याउन मानसिक स्वास्थ्यका कार्यक्रममा बढी केन्द्रीत हुनुपर्ने उनको भनाई छ ।

आर्थिक बर्ष २०७७/७८ मा ५१ जना, २०७८/७९ मा ३४ जनाले अछाम जिल्लामा आत्महत्या गरेका थिए ।