मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता बहुमुखी क्याम्पसद्धारा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल बितरण

जनता बहुमुखी क्याम्पसद्धारा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल बितरण


अछाम : सुदुरपश्चिम‌‌ विश्वविधालयको १४औँ स्थापना दिवसको अवसरमा बयालपाटा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल बितरण गरिएको छ ।

विश्वविधालयको स्थापना दिवसको अवसरमा जनता बहुमुखी क्याम्पस बयालपाटाले अस्पतालका बिरामिहरुलाइ फलफुल बितरण गरेको क्याम्पसका प्राध्यापक झनकराज जोशीले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको जनता बहुमुखी क्याम्पसले बिरामीलाई फलफुल बितरण संगै बिश्वबिद्यालय मार्फत बयालपाटा अस्पतालमा स्नातक तहको कुनै एक बिषयमा कक्षा सञ्चालन गर्न सकिन्छ कि भनेर समेत अस्पतालका प्रमुख डा. मन्दिप पाठक लगायत संग छलफल समेत गरेको थियो ।

विश्वबिद्यालयको विस्तार र विकासका लागि योगदान गर्ने सबैलाई क्याम्पसले धन्यवाद समेत व्यक्त गरेको थियो ।