मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाज परिर्वतन र सुशासनका पक्षमा कलम चलाउन यूनियनकर्मीलाई कांग्रेस नेतृ चलाउनेको आग्रह

समाज परिर्वतन र सुशासनका पक्षमा कलम चलाउन यूनियनकर्मीलाई कांग्रेस नेतृ चलाउनेको आग्रह


अछाम : नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले पत्रकारहरुले निश्पक्ष र निर्भिक भएर नागरिकका पक्षमा कलम चलाउनुपर्ने बताएकी छन् । नेपाल प्रेस युनियन अछामको ८ औँ जिल्ला अधिबेशनमा प्रमुख अथितिको आशनबाट बोल्दै सहमहामन्त्री चलाउनेले पत्रकार देशको चौथो अगं भएकाले समाज परिर्वतन र सुशासनका पक्षमा काम गर्नुपर्नेमा जोड दिईन् ।

पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख समेत रहेकी युवा नेतृ चलाउनेले प्रेस युनियनकर्मी कांग्रेसको सुबेच्छुक भएका नाताले पार्टीलाई समेत बलियो बनाउने कुरामा समेत कलम चलाउनु पर्ने बताईन् । पार्टी युनियन संग सहकार्य गर्न सधैँ तयार रहेको उनको भनाई थियो ।

युनियनका जिल्ला अध्यक्ष टंक प्रसाद रिमालको अध्यक्षतमा भएको जिल्ला अधिबेशनमा बिशिष्ट अथिति रहेका कांग्रेस अछामका कार्यबाहक सभापती नयाँराम बजगाईले प्रेस युनियनकर्मीले दुर दराजका जनताका बिषयमा बोल्नुपर्ने बताए । यूनियनकर्मीलाई सहयोग गर्न पार्टी सधैँ तयार रहेको र सहकार्य गर्न समेत उनले आग्रह गरे ।

नेपाल प्रेस यूनियनको अभियान, भौतिक र पेशागत सुरक्षा सहित पत्रकारहरुको सम्मान पहिचान भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य बेदप्रकाश तिमिल्सैनाले पत्रकार जहिल्यै भुईमान्छेको आवाज बन्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष समेत रहेका यूवा नेता तिमिल्सिनाले पत्रकारले जिल्ला देखि केन्द्र सम्म स्थायी प्रतिपक्षका रुपमा काम गर्नु पर्ने बताए । अछाम जिल्लामा यूनियनको गर्भिलो ईतिहास रहेकोले यसलाई जोगाई राख्न आगामी पुस्ताले निरन्तर क्रियाशिल भएर काम गर्न सुझाब दिए ।

जिल्ला अधिबेशनमा महासमिती सदस्य पदमराज अधिकारी, केन्द्रिय प्रतिनिधी भरत शाह, यूनियनका केन्द्रीय सचिव मेनुका ढुंगाना, केन्द्रीय सदस्य सुशिल भण्डारी, प्रदेश महासचिव हरिष भट्ट, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, तरुण दलका जिल्ला अध्यक्ष रमेश बिट, नेविसंघ अछामका जिल्ला सभापती खेमराज खड्काले शुभकामना मन्तव्य राख्दैँ सहमती सहकार्य गरेर नेतृत्व चयन गर्दै जिल्लाको विकास र सुशासनका पक्षमा कलम चलाउन आग्रह गरेका थिए ।

बरिष्ठ उपाध्यक्ष लोकराज ढकालको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष नमराज भण्डारीले गरेका थिए । जिल्ला अधिबेशनमा बेदप्रकाश तिमिल्सैना, राम बहादुर कुँवर, बिनोद थापा, जनक भण्डारी, यज्ञराज ढुंगाना, खम्म खत्री, मेनुका ढुंगाना, सुशिल भण्डारीलाई सम्मान समेत गरिएको थियो भने केन्द्रीय प्रतिनिधी भरत शाह र प्रदेश महासचिव हरिष भट्टलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।यूनियनको बन्द शत्रले शाखाको नयाँ नेतृत्व चयन गर्नेछ ।