मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँखा किन पाक्छ ? र यसबाट कसरी बच्ने ?

आँखा किन पाक्छ ? र यसबाट कसरी बच्ने ?


बर्षायाम सुरु भएपछि अहिले बिभिन्न खालका सरुवा रोग फैलिनेक्रम बढीरहेको छ । खासगरी पहाडी तथा तथा तराई क्षेत्रमा सरुवा रोग संक्रमण बढी देखिएको छ । बर्षायामले गर्दा पानी फोहोर हुने, खाल्डाखुल्डीमा पानी जम्ने, दुषित कुराहरु पानीमा बगेर आउने भएकाले पनि सरुवा रोगहरु बढी फैलिने गरको चिकित्सकहरु बताउछन् । पछिल्लो सयममा अछाम जिल्लामा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाको साँफेबगर लगायतका अन्य ठाँउमा समेत भाईरलका रुपमा आँखा पाक्ने रोग फैलिएको छ । आँखा पाक्ने रोग भनेको के हो ? यो किन हुन्छ, भईसकेपछि के गर्ने भन्ने बिषयमा बयालपाटा अस्पतालका बरिष्ठ मेडिकल अधिकृत डा. बिप्लव श्रेष्ठसंग गरिएको कुराकानी ।

आँखा पाक्ने रोग भनेको के हो, यो किन हुन्छ ?

आँखाको सेतो भागलाई ढाक्ने झिल्ली जसलाई कञ्जनटाईबा भनिन्छ, त्यसमा संक्रमण हुनुलाई कञ्जनटीबाईटस् वा आँखा पाक्ने रोग भनिन्छ । प्राय मानिसमा रुगाखोकीको संक्रमण भईरहन्छ, त्यस्तै आँखा पाक्नु भनेको पनि संक्रमण हुनु हो । यो एक मान्छे बाट अर्को मान्छेमा सर्ने भएकोल एक प्रकारको सरुवा रोग हो । यो रोग किटाँणुको कारण प्रायजसो भाईरस र कहिले काँही ब्याक्टेरीयाद्धारा हुन्छ ।

यसको संक्रमण फैलिन नदिन के के कुरामा ध्यान दिने ?

आँखा पाक्ने रोग प्राय किटाणु बाट हुने र एक मान्छे बाट अर्को मान्छेमा सर्ने भएकाले जसरी हामी रुगाखोकी लाग्दा कस्तो साबधानी अपनाउछौँ त्यसरी नै यो रोग लागेपछि पनि त्यही प्रकारको साबधानी अपनाउन जरुरी हुन्छ । यो रोग लागिसकपछि संक्रमण रोक्न र अरुमा फैलिन नदिन रोग लागेको व्यक्ती सकभर अरु भन्दा टाढा बस्ने, घरमै बस्ने, अफिस नजाने, र स्कुल कलेज जान बन्द गर्नुपर्छ । यसो गर्दा संक्रमण फैलिन कम हुन्छ ।

प्रायजसो हातमा किटाणु टाँसिएर त्यहि हात आँखा र मुखमा छुदाँ आँखा पाक्ने संक्रमण हुने भएकाले यो रोग आफुलाई नहोस् भन्नका लागि नियमति सरसफाई गर्ने, हातको सरसफाईमा बढी ध्यान दिने गर्नुपर्दछ । हात सफा भएन भने यो रोग बढी सर्ने सम्भावना हुन्छ त्यसैले नियमित साबुनपानीले हातको सरसफाई गर्नुपर्दछ । आफ्नो अनुहार तथा आँखामा हात छोईराख्नु हुदैन् त्यस्तो बानी छ भने हटाउनुपर्दछ । यदि छुनैपर्ने भएमा हात सफा गरेर वा सेनिटाईजर गरेर मात्र छुनुपर्दछ । अर्को कुरा आँखा पाक्ने रोगले संक्रमित भएको व्यक्तीले छोएको जुनसुकै बस्तुबाट पनि यसको किटाणु फैलिने भएकाले संक्रमित व्यक्तीले प्रयोग गरको लुगाकपडा र अन्य बस्तुहरु समेत प्रयोग नगर्ने ।

आँखा पाक्ने रोग लागिसकेपछि के गर्ने ?

संक्रमण भएको व्यक्ती आईसोलेट (एकान्त) भएर बस्नुपर्दछ । ब्याक्टेरियाबाट संक्रमण भएको हो भने एण्टीबायोटिक्स् ओषधी प्रयोग गर्नुपर्दछ । त्यसमा पनि खाने औषधी भन्दा पनि आँखामा राख्ने थोपाको प्रयोग गर्नुपर्ने हुन्छ । बजारमा बिभिन्न खालका आँखामा राख्ने आईड्रोपहरु पाईने भएकाले आफैले बजारमा गएर औषधी प्रयोग गर्ने भन्दा पनि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्नुपर्दर्छ । दैनकि आँखा सरसफाईमा समेत ध्यान दिनुपर्दछ ।