मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लैङ्गिक हिंसा निवारण कोषलाई प्रभावकारी बनाउन जुटे सरोकारवाला

लैङ्गिक हिंसा निवारण कोषलाई प्रभावकारी बनाउन जुटे सरोकारवाला

स्थानीय सरकार, संघसंस्था र सबै व्यक्तिको समन्वय र सहकार्यले मात्र लैङ्गिक हिंसा नियन्त्रण हुनेमा सहभागीको जोड


अछाम : लैङ्गिक हिंसा निवारणको कोषका बारेमा सरोकारवालाहरुकोसँगको अन्तरक्रिया कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजनामा कोषको प्रभावकारी सञ्चालनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियाका क्रममा कोषलाई अझै प्रभावकारी बनाउन कार्ययोजना समेत तयार पारिएको छ । कोषका क्रियाकलाप, समय तथा स्थान, जिम्मेवार निकाय, सहकार्य तथा समन्वयको क्षेत्र तोकेर कार्ययोजना निर्माण गरिएको छ ।

कार्ययोजनामा नियमित बैठक, अभिमुखिकरण कार्यक्रम, समिति गठन, कोषमा रकम बढाउने, मिडियाबाट जनचेतनामुलक सन्देश प्रकाशन तथा प्रसारण गर्ने योजनामा रहेको छ । कमलबजारमा सञ्चालन भइरहेको कार्यक्रमको विगतमा गरेका काम, आगामी दिनमा गर्नुपर्ने कामका बारेमा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजनाका अछाम प्रमुख गोकुल खड्काले प्रस्तुति गरेका थिए ।

प्रतिकार्यको छ महिनाको अवस्थाका बारेमा सिएमसी नेपालका पार्वती बोहरा, कमलबजार नगरपालिकाको लैङ्गिक हिंसा निवारण कोषका बारेमा नगरका महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुंगानाले प्रस्तुति राखेका थिए । प्रस्तुतिपछि संयुक्त राष्ट्र संङघीय जनसंख्या कोष (युएनएफपीए) का अछाम प्रमुख आस्था रिजालले अन्तरक्रिया कार्यक्रममा सहजिकरण गरेकी थिइन् ।

लैङ्गिक हिंसाका विरुद्ध नगरपालिकाको अभियान नै रहेको भन्दै कार्यवाहक नगरप्रमुख शारदा विष्ट कुँवरले अभियानमा सबैले साथ दिनका लागि आग्रह गरिन् । लैङ्गिक हिंसा नियन्त्रका लागि नगरपालिकाले आगामी दिनमा थप कार्यक्रमका साथमा अघि बढ्ने भनाइ उनको थियो ।

लैङ्गिक विभेद अन्त्यमा हरेक व्यक्तिले सक्रिय भएमा मात्र हिंसा न्यूनिकरण गर्न सहज हुनेमा कमलबजार नगरपालिका–५ का अध्यक्ष सत्यराज तिमिल्सैनालगायतले सुझाव राखे । स्थानीय सरकार, संघसंस्था र सबै व्यक्तिको समन्वय र सहकार्यले मात्र लैङ्गिक हिंसा नियन्त्रणमा जोड सहभागीको छ ।

साथै लैङ्गिक हिंसा निवारण कोषलगायतका विषयमा नागरिकहरुलाई सचेत पार्ने काम आवश्यक भएको सहभागीको भनाइ छ । नगरका कार्यवाहक प्रमुख शारदा विष्ट कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका अध्यक्ष र जनप्रतिनिधि, नगरका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर विष्टको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका पूर्णप्रसाद बजगाईले गरेका थिए । युएनएफपिएको आर्थिक सहयोग, पीसविन र भिएसओको सहजीकरण र कमलबजार नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।