मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेवा प्रवाहमा अल्छी नगर्न स्वास्थ्यकर्मी लाई नगर प्रमुखको आग्रह

सेवा प्रवाहमा अल्छी नगर्न स्वास्थ्यकर्मी लाई नगर प्रमुखको आग्रह

पञ्चदेवल नगरपालिका : स्वास्थ्य कार्यक्रमकाे बार्षिक समिक्षा सम्पन्न


अछाम : पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य कार्यक्रमकाे बार्षिक समिक्षा गाेष्ठि सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० काे स्वास्थ्य क्रियाकलापकाे समिक्षा गर्दै दुई दिने गाेष्ठि नगरपालिकाकाे हलमा सम्पन्न भएको हाे ।

नगरपालिकाका ९ वटै वडाहरूका स्वास्थ्य संस्थाहरूबाट प्रवाह भएको स्वास्थ्य सेवा बारे स्वास्थ्य चाैकी प्रमुख तथा नगरपालिकाका स्वास्थ्य शाखा संयाेजकले आफ्नो तथ्यांक प्रस्तुत गरेका थिए ।

स्वास्थ्य संस्थाबाट प्रवाह हुने सम्पुर्ण सेवा सुविधा बारे जानकारी गराउँदै सम्पुर्ण स्वास्थ्य संस्था प्रमुखहरूले मापदण्डअनुसारकम भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको गुनासो गरेका छन् ।

नगर प्रमुख अम्बिका चलाउनेकाे अध्यक्षतामा सम्पन्न भएको दुई दिने गाेष्ठिमा स्वास्थ्य सेवा मानवीय जीवनको महत्त्वपूर्ण धन भएकाले जिम्मेवार भएर सेवा प्रवाह गर्न नगर प्रमुख चलाउने ले सुझाव दिइन् ।
जीवन स्वस्थ राख्न स्वास्थ्य संस्थामा उपलब्ध स्राेत साधनहरूकाे सहि रूपमा सदुपयोग नगरेको प्रति चिन्ता व्यक्त गर्दै उनले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा अल्छी नगर्न आग्रह गरिन् ।

स्वास्थ्य सेवालाई आफ्नो कार्यकाल भरि पहिलो प्राथमिकतामा राखेर स्वस्थ नागरिक बनाउने यात्रा निरन्तर कायम रहने नगर प्रमुख चलाउनेकाे भनाई छ ।

कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्षहरूकाे सहभागीता रहेको थियो । दुई दिने स्वास्थ्य कार्यक्रमहरूकाे गाेष्ठिकाे सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिस्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगाना र झपट ढुंगानाले सहजीकरण गर्दै सम्पूर्ण स्वास्थ्यकर्मी हरूलाई सेवा प्रवाहकाे सहि रूपमा रिपोर्टिङ गर्न आग्रह गरेका छन् ।