मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीको आन्तरिक बिशेष अभियान चलिरहँदा पनि कांग्रेस अछामका अधिकांश नेता जिल्ला बाहिर

पार्टीको आन्तरिक बिशेष अभियान चलिरहँदा पनि कांग्रेस अछामका अधिकांश नेता जिल्ला बाहिर

पदको लागि मरिहत्ते गर्ने नेताहरु पार्टीको आन्तरिक कार्यक्रममा किन सक्रिय हुदैनन् भन्ने प्रश्न उब्जिएको छ


अछाम । नेपाली कांग्रेसले देशैभर “विशेष आन्तरिक अभियान सुरु गरेको छ । पार्टीको संगठन बलियो बनाई क्रियाशिल र चलायमान बनाउन कांग्रेस केन्द्रीय समितीको बेठकले गरेको निर्णय बमोजिम देशभर एकसाथ अभियान सुरु गरेको हो ।

यहि श्रावण २० देखि ३० गते सम्म जिल्ला जिल्लामा सञ्चालन हुने “विशेष आन्तरिक अभियानका लागि पार्टीले केन्द्रीय तहबाट नेतालाई प्रतिनिधीको रुपमा जिल्लामा खटाएको छ । केन्द्रीय प्रतिनिधी संगै देशका बिभिन्न जिल्लाका नेताहरु समेत आ आफ्नो जिल्लमा फर्किएर कार्यक्रममा सहभागी भएका छन् ।

सोही कार्यतालिका बमोजिम अछाम जिल्लामा पनि श्रावण २२ गते सोमबारबाट अभियानको थालनि भएको छ । जिल्लाको सदरमुकाम मंगलसैनबाट अभियानको थालनि भएको हो । श्रावण ३० गते सम्म चल्ने बिशेष आन्तरिक अभियानका लागि कांग्रेस केन्द्रीय सदस्य सुशिला भट्ट मिश्र केन्द्रीय प्रतिनिधीको रुपमा अछाम जिल्लामा खटिएकी छन् ।

तर जिल्लामा बिशेष अभियान चलिरहँदा भने मञ्चमा कांग्रेस अछामका नेताहरुको उपस्थिती खास्सै देखिएन् । सोमबार सुरु भएको कार्यक्रममा मञ्चमा सिमित नेताहरुको मात्रै उपस्थिती देखियो । बिशेष अभियान चलिरहँदा समेत दर्जनौँ नेताहरु जिल्ला बाहिर छन् । अधिकांश नेता काठमाण्डौँ र केही नेताहरु धनगढीमै व्यस्त छन् ।

जिल्लामा हुने पार्टीका आन्तरिक कार्यक्रममा उनिहरुको उपस्थिती कम्जोर हुने गरेको छ । सिमित समय मात्रै अछाम बस्ने बाँकी समय जिल्ला बाहिर बस्ने अछाम कांग्रेसका नेताहरुको रोग रहेको कार्यकर्ताहरुले गुनासो गर्ने गरेका छन् । चुनावताका आफ्नो टिकटका लागि मात्रै तछाड मछाड गर्ने नेताहरु पार्टीको संगठन निर्माण देखि जिल्लामा क्रियाशिल हुने कुरामा भने निष्कृय हुने गरका छन् ।

केन्द्र, प्रदेश तथा जिल्ला तहका अधिंकाश नेताहरु जिल्ला बाहिर छन् । पार्टी सभापति तथा माननिय, प्रदेश माननिय, पूर्व पार्टी सभापतिहरु, पुर्व मानियहरु, जिल्ला सचिव सहित पदाधिकारी, महासमिती सदस्य, महाधिबेशन प्रतिनिधी, क्षेत्रिय सभापती, प्रदेश सभा सभापती, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुको उपस्थिती कार्यक्रममा देखिएन् ।

पार्टीको आन्तरिक संगठन सुदृढीकरणका लागि थालिएको अभियानमा समेत उनिहरुको उपस्थिती नदेखिनु पार्टीका लागि दुखद भएको अभियानमा सहभागी एक नेताले बताए । सोमबार सुरु भएको अभियानको उपस्थिती हेर्दा नेताहरु आफ्नो लागि मात्रै दुख गर्छन् पार्टी संगठन, कार्यकर्ता र जनताका लागि निष्कृय हुन्छन् भन्ने कुराको पुष्टी भएको ति नेताले बताए ।

अभियानले पार्टीका आन्तरिक संगठन मजुबुद हुनुका साथै वडा देखि जिल्लासम्म पुरा हुन बाँकी रहेका संरचना समेत निर्माण गरिने भएपनि माथिल्लो तहका नेताहरुको जिल्लामा कम्जोर उपस्थिती रहेको छ । सोमबार कार्यबाहक सभापति नयाराम बजगाईंको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सहमहामन्त्री अम्बिका चलाउने, प्रदेश सदस्य रुप आउजी, महासमिति सदस्य बल बहादुर कुँवर, अर्जुन ताम्राकार, महाधिबेशन प्रतिनिधि पदमराज अधिकारी, भगवती खनाल, सुरत बिस्ट, क्षेत्र नम्बर १ का सभापति कृष्ण बुढा लगायतक केहि नेताको मात्रै सहभागिता थियो ।

जिल्ला कार्य समिती अछामले भने कार्यक्रमका लागि केन्द्र, प्रदेश, जिल्ला तहका नेता, जनप्रतिनिधिहरु, प्रतिनिध सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर तथा गाऊं, वडा तथा जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेक्षुक संस्था लगायत नेपाली कांग्रेस सम्बद्ध सबैलाई पार्टीको आन्तरिक सांगठनिक अभियान सफल बनाउनका लागि सहभागी हुन आव्हान गरेको थियो ।