मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछाम नेताहरु केन्द्रमुखी भएको कार्यकर्ताहरुको गुनासो

कांग्रेस अछाम नेताहरु केन्द्रमुखी भएको कार्यकर्ताहरुको गुनासो

अछामका गौरवका योजनाहरुको काम छिटो गराउन पहल गर्ने केन्द्रीय सदस्य भटट्को प्रतिबद्धता


अछाम । नेपाली कांग्रेस अछाम जिल्ला तहका नेताहरु केन्द्रमुखी भएको कार्यकर्ताहरले गुनासो गरेका छन् । नेपाली कांग्रेस अछामले आयोजना गरेको पार्टीको आन्तरिक संगठन सुदृढीकरण अभियानाको समिक्षा तथा समापन कार्यक्रममा सहभागी नेता कार्यकर्ताले जिल्लाका नेतृत्व तहका नेताहरु केन्द्रमुखी भएको आरोप लगाएका हुन् ।

पार्टीको १० दिने बिषेश आन्तरिक संगठन सुदृढीकरण अभियान चलिरहँदा पनि अधिकांश नेताहरु काठमाण्डौँमै रहेको कार्यक्रममा सहभागी कार्यकर्ताहरले गुनासो गरेका हुन् । जिल्लामा पार्टीका नेताहरुले कार्यकर्ताका समस्या, जनताका आवश्यक्ताका बिषयमा गाँए समाजमा गएर काम गर्नुपर्ने बेला समेत नेताहरु जिल्ला बाहिर रहेकोमा दुख व्यक्त गरेका छन् ।

पार्टीको संगठन बलियो बनाउन सबै नेताहरु जिम्मेबार भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको कार्यक्रममा सहभागी अधिकांश कार्यकर्ताहरुले बताएका थिए । नेपाली कांग्रेस अछामको आयोजनामा भएको १० दिने आन्तरिक बिशेष अभियानको मंगलसैनमा समिक्षा सहित समापन भएको छ ।

कांग्रेस अछामका कार्यबाहक सभापती नयाँराम बजगाईको सभापतित्वमा भएको समिक्षा तथा समापन कार्यक्रममा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधी सुशिला भट्ट मिश्रले पार्टीको संगठन बलियो बनाउन नेता कार्यकर्ता दुबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेका बताएकी छन् ।

अछाम जिल्लाका सबै पालिकामा पुग्दा संगठन राम्रो रहको भन्दै उनले थप सुधारका लागि नेता कार्यकर्ता र कांग्रेस बाट निर्वाचित जनप्रतिनिधीले समेत परिणामुखी काम गर्नुपर्नेमा जोड दिईन् । नेतृ भट्टले अछाम जिल्लाका गौरवका आयोजनाहरु अलपत्र अवस्थामा रहेकाले सो को बिषयमा पार्टी सभापती, मन्त्री र प्रदेका मुख्य मन्त्रीलाई जानकारी गराई छिटो काम गराउन पहल गर्ने बताईन् ।

यस्तै अछाम जिल्लाको पर्यटकिय क्षेत्र रामारोशनको विकास, बयालापाटा अस्पतालको आर्थिक समस्याको दिर्घकालिन समाधान र जिल्ला अस्पताल अछामलाई थप सुबिद्यायूक्त अस्पतालका रुपमा विकास गर्न आफुले प्रदेश देखि केन्द्र सम्म सक्दो पहल गर्ने बताईन् ।

यस्तै साँफेबगर बिमानस्थलको स्तरउन्नती सहितको नियमित उडान र कमलबजार बिमानस्थलको कामलाई निरन्तरता दिएर छिटो सम्पन्न गर्न समेत पहल गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

समिक्षा कार्यक्रमका पार्टीका पूर्व जिल्ला सभापती भरत कुमार स्वाँर, प्रदेश सदस्य अनुराधा स्वाँर, बेदप्रकाश तिमिल्सैना, महासमिती सदस्य पदमराज अधिकारी, क्षेत्रिय सभापती कृष्ण बुढा लगायतका नेता कार्यकर्ता, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।