मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा मानसिक रोगका बिरामीको चाप बढ्दो क्रममा

अछाममा मानसिक रोगका बिरामीको चाप बढ्दो क्रममा

१ वर्षको अवधिमा अछाममा ५ सय ६३ जनामा मानसिक समस्या


अछाम : जिल्लामा मानसिक रोगका विरामी बढ्दै गएका छन । कोरोना महामारी पछि मानिसको जीवनमा धेरै तनाव , बेरोजगारीका कारण आर्थिक समस्या बढ्दै जानु लगाएतका कारण जिल्लाका मानसिक रोगका बिरामी बढ्दै गएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक मन्दिप पाठकले बताए ।

पछिल्लो समय बढ्दो सहरीकरणसँगै मानिमा बढेको महत्वाकांक्षा पूरा नहुनु, व्यवसायमा असफलता, जीवनमा आउने कठिनाइको सामना गर्ने नसक्नु , रोजगारीको अवसर नहुनु लगायतका कारण मानसिक समस्या दिन प्रतिदिन बढ्दै गएको उनको भनाई छ ।

स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने, औषधि र मनोपरामर्श सेवा लिएमा यसलाई केही कम गर्न सकिने उनको भनाई छ । मानसिक रोगलाई सामान्य रूपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको सल्लाहअनुसार उपचार गरेमा बिरामीको अवस्थामा सुधार ल्याउन सकिने उनको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङक अनुसार जिल्लामा १ वर्षको अवधिमा ५ सय ६३ जनामा मानसिक रोग देखिएको छ । जसमध्ये सबैभन्दा धेरै मंगलसेन नगरपालिकामा ५ सय ३२ र सबै भन्दा कम मेल्लेख गाउपालिकामा ४ जना रहेका छन् । ढकारी गाउपालिकामा १७ जना , चौरपाटि गाउपालिकामा ५ जना बान्नीगढी जैगढ गाउपालिकामा ५ जना रोग देखिएको छ । जिल्लामा मानसिक रोगका बिरामी पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको तथ्याङकले देखाएको छ ।

जिल्लामा १ सय ६३ पुरुष छन भने ४०० जना महिला रहेका छन् । जसमध्ये २० वर्ष उमेर समुहका ८८ जना , २० वर्ष देखि २९ वर्ष उमेरका ३ सय ८ जना रहेका छन भने ३० देखि ६९ वर्ष सम्मका १ सय ६६ जना छन् । यस्तै ७० वर्षका १ जना बृद्धमा पनि मानसिक रोग देखिएको स्वाथ्य कार्यालय अछामको तथ्याङकले देखाएको छ ।

सरकारले मानसिक रोगको औषधि निःशुल्क प्रदान गर्नुका साथै मनोपरामर्श दिँदै आएको भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । मानसिक समस्याका कारण आत्महत्या, हत्या तथा आपराधिक क्रियाकलाप समेत बढेको साँफेबगर नगरपालिका ९ बुढाकोटका स्वास्थ्य चौकी प्रमुख नरेस रावतले बताए ।

पारिवारीक समस्या , नकरात्मको सोच, सामाजिक संजालको बढ्दो प्रयोग , आत्मग्लानि, महत्वाकांक्षा बढ्नु र गरिबीका कारण वर्षेनि मानसिक रोगीको संख्या बढ्दै गएको उनको भनाइ छ। समयमा नै उपचार पाउने र नियमित औषधिको प्रयोग गर्ने हो भने मानसिक रोग निको हुने मनोपरामर्शदाताको भनाई छ ।

सामान्य खालका मानसिक रोग उचित परामर्शले पनि निको हुने गरेका कारण यसबारेमा विभिन्न जनचेतनात्मक कार्यक्रम सञ्चालन गरी समाजमा जानकारी राउन आवश्यक रहेको छ । मानीसको सम्पुर्ण अंगलाई चलायमान बनाउन र हरेक क्रियाकलापल चुस्त दुरुस्त बनाउन स्वस्थ मानसिक अवस्था हुनु अतिआवश्य हुने भएकाले त्यसका लागि हरेक व्याक्तिले आफुलाई स्वस्थ र खुशी राख्न जरुरी छ ।