मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा, अस्पतालमा ओपिडी सेवा ठप्प

अछामका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा, अस्पतालमा ओपिडी सेवा ठप्प


अछाम ः स्वास्थ्यकर्मीहरू माथि पटक पटक भईरहेका आक्रमणका घटनालाई लिएर अछामका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले देशका बिभिन्न ठाँउमा चिकित्सक र स्वास्थ्यकर्मी माथि भएका कुटपिटका घट्नामा सर्मथन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

यस्ता खालका घट्ना जुनसुकै बेला जहाँ पनि घट्न सक्ने र आफुहरुले असुरक्षित भएको महसुस गर्दै सबै चिकित्सक र स्वास्थ्यकर्मी बिरोधमा उत्रिएको स्वास्थ्यकर्मीले जनाएका छन् । चिकित्सक माथि हातपात गर्ने, कुटपिट गर्नै र सांघातिक आक्रमण गर्ने दोषीहरुलाई कारबाही नभएसम्म देशैभरका स्वास्थ्य संस्थाहरुमा सार्वजनिक भएका बिरोधका कार्यक्रम प्रति ऐक्यवद्धता जनाउदैँ अछाममा पनि बिरोधका कार्यक्रम गरिएको बताईएको छ ।

देशभर चिकित्सक माथि भएका घट्नाहरुको बिरोध गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरुको सर्मथनमा अछाम जिल्ला अस्पताल र बयालपाटा अस्पतालमामा आकस्मिक र प्रसुती बाहेकका सेवा बन्द गरिएको बयालपाटा अस्पतालका चिकित्सक डा बिप्लव श्रेष्ठले बताए । अर्को सुचना नआउञ्जेलसम्मका लागिल ओपिडी सेवा बन्द गरिएको उनले बताए । आन्दालेनबाट उत्पन्न हुने सबै परिस्थितीको जिम्मेवार नेपाल सरकार हुनुपर्ने समेत उनिहरुले बिज्ञप्ती मार्फत जनाएका छन् ।

यस अघि जिल्ला अस्पताल अछामका प्रमुख रबि कुमार यादवको नेतृत्वमा बिरोध कार्यक्रम सुरु भई जिल्ला प्रशासन कार्यालय अछाममा बिज्ञप्ति पेश गरेका थिए।

यस प्रकारका सांघातिक आक्रमणमा संलग्न दोषिहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन २०७९ बमोजिम कारबाही नगरिनुले हामी चिकित्सक र स्वास्थ्यकर्मी अत्यन्तै असुरक्षित महसुस गरेका छौँ विज्ञप्तीमा भनिएको छ । त्यसमाथि घटनाको बिरोध गर्दा पोखरामा प्रहरीले चिकित्सक माथी नै भएको लाठीचार्जले हामी लाई थप पिडा दिएको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लाई बुझाएको सम्पुर्ण स्वास्थ्यकर्मी हरुको हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।