मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैं तिहारलाई लक्षित गर्दै सदरमुकाम मंगलसेनमा बजार अनुगमन

दशैं तिहारलाई लक्षित गर्दै सदरमुकाम मंगलसेनमा बजार अनुगमन


अछाम : दशैं  तिहार नजिकिदै गर्दा उपभोक्ताहरुको उपभोग्य अधिकार सुरक्षित गर्ने उद्देश्यले मंगलसेन नगरपालिकाले बजार अनुगमन सुरु भएको छ।

मंगलसेन नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक संगिता रावल सोडारीको नेतृत्व तथा जिल्ला प्रशासन कार्यालय अछाम, घरेलु कार्यालय अछाम, उधोग बाणिज्य संघ, बजार व्यवस्थापन प्रर्वद्धन समिति लगाएको संयुक्त टोलीले अछामको सदरमुकाम मंगलसेनका विभिन्न पसलहरुमा आइतबार आज अनुगमन गरेको हो ।

चाडपर्व नजिकिँदै गर्दा मुल्य वृद्धि, कालो बजारी ,म्याद नाघेका वस्तुको किनबेच हुनसक्ने सम्भावना रहेकाले नगरले अनुगमनलाई तिव्रता दिएको उपप्रमुख रावलले बताईन । ब्यपारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने, सरसफाई नभएको गुनासो आउन थालेपछि र अहिले वडा वडामा म्याद गुज्रेका सामानहरु गईरहेको गुनासो आएपछि यसको नियन्त्रणको लागि अनुगमन गरिएको उनले बताइन् ।

जिल्ला प्रशासन कार्यालय अछामका नायव सुब्बा जिवराज उपाध्यायले उपभोक्ताहरु नठगिउन भन्ने हेतुले जिल्ला प्रशासनले नियमित अनुगमन गरिरहेको बताउदै जिल्लाका अन्य बजारहरुमा पनि अनुगमनलाई निरन्तरता दिने बताए ।

अनुगमनका क्रममा बोल्दै मंगलसेन नगरपालिका स्टोर शाखा प्रमुख नरेश बहादुर कठायतले बजार अनुगमन कार्यविधि अनुसार अनुगमनलाई अगाडि बढाईरहेको भन्दै कतिपय व्यापारिले मुल्य शुचि, साईनबोड, व्यवसाय दर्ता, नविकरण नगरेको पाईएको बताए । साईनबोड र मुल्य सुचि नराखेकालाई ३ दिन भित्र राख्न र व्यवसाय दर्ता र नविकरण नगरेकालाइ पनि ७ दिनभित्रै राख्न अल्टिमेटम दिईएको उनको भनाई छ ।

आइतबार मंगलसेनमा ८६ वटा व्यवसायीहरुका किराना पसल, होटेल, मेडिकल लगाएत १६ वटा विषयवस्तुको बारेमा अनुगमन गरिएको मंगलसेन नगरपालिकाका सुचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिए । नगरपालिकाको निरन्तर बजार अनुगमनको कारणले पहिलेको भन्दा धेरै सुधार आएको उनको भनाई छ । बजारबाट सामान किन्दा सामानको म्याद हेरेर मात्रै किन्न उपभोक्ताहरुलाई उनले अनुरोध गरे । 

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि नगर कार्यपालिकाको कार्यालयले बजार अनुगमनलाई नियमित गर्दै आएको छ । अनुगमनमा कर्मचारी, उधोग बाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय अछामका प्रतिनिधि, प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगाएको सहभागिता रहेको थियो ।