मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफुले पाउने सेवा सुबिधाबाट नगर प्रमुख कुँवरले दिए असहाय बालबालीकालाई दशैं खर्च

आफुले पाउने सेवा सुबिधाबाट नगर प्रमुख कुँवरले दिए असहाय बालबालीकालाई दशैं खर्च


अछाम : जिल्लाको साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरका बुबा आमा गुमाएका र अपाङ्ग बालबालीकालाई आर्थीक सहयोग गरेका छन ।

नगर प्रमुख कुँवरले बिहिबार आफुले पाउने सेवा सुबिधाबाट नगरका १८ जना असहाय र अपाङ्ग बालबालीकालाई प्रति बालबालीका २५ सय रुपैया का दरले ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् ।

नेपालीहरुको महान पर्ब बडा दशैको अवसरमा ति बालबालीकाहरुले समेत दशैँ मनाउन भनेर आर्थीक सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । सानै हुदाँ बुवा गुमाएका नगर प्रमुख कुँवरले भने, ‘दशैंमा आर्थीक समस्या हुदाँ कस्तो पिडा हुन्छ, त्यो मलाई राम्रो संग अनुभब छ ।

सो दुख आफुले महसुस गरेको बताउदै नगर प्रमुख कुँवरले नगरको अभिभावकका हिसावले असाहाय र अपाङ्गता भएका बालबालिकालाई दशैं खर्च दिएको बताए । साँफेबगर नगरपालीका लघु उधम शाखाले उत्पादन गरेका न्यानो लुगा समेत ती बालबालीकालाई उपलब्ध गराईएको थियो ।